Jilla Ban Notis

नेपालगन्जमा पुस २५ र २६ गते प्रदेश युवा सम्मेलन हुदै ।

 प्रदेश नं.५ सामाजिक विकास मंन्त्री सुर्दशन वरालले उद्घाट्न गर्नु हुने

0 54

कृष्ण पाण्डे

नेपालगन्ज,पौष २४,

प्रदेश नं.५ को  शहर नेपालगन्जमा प्रदेश युवा सम्मेलन हुने भएको छ । नेपाल युवा परिषद, नेपाल युवा परिषद प्रदेश नं. ५, नेपाल युवा परिषद जिल्ला शाखा बाँकेको आयोजना तथा समाजिक विकास मन्त्रालय प्रदेश नं.५ ,उद्योग,वन,पर्यटन तथा वातावरण मन्त्रालय र नेपालगन्ज उपमहानरपालिका लगायतको सहकार्यमा प्रदेश युवा सम्मेलन हुने भएको छ । युवा सम्मेलनका लागि प्रदेश नं.५ का १२ वटै जिल्लाहरुबाट १५० बढी युवाहरुको सहभागिता हुने भएको छ । सो प्रदेश युवा सम्मेलन युवाहरुलाई नेपाल युवा परिषदले युवा सशक्तीकरणको बारेमा तालिम दिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नेपाल भमर्ण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले युवाहरुलाई प्रशिक्षण दिने नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङ्गले जानकारी दिनुभयो ।  १८ देखि ३० बर्ष उमेरका युवाहरुलाई नेपालगन्जमा भेला गर्दै जिल्लाहरुमा पनि नेपाल युवा परिषदको बिस्तारको तयारी रहेको परिषदका कार्यक्रम संयोजक दल बहादुर सुनारले बताए । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्धेश्यका साथ प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । नेपाल युवा परिषदले सातै वटा प्रदेशमा प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गरि युवाहरुको नेतृत्व विकास,क्षमता विकास तथा उधमशिलतामा युवाहरुलाई अभिप्रेरित गर्नको लागि अभियान सन्चालन गरेको जानकारी दिईएको थियो । सो सम्मेलनमा युवा,उद्यमशीलता ,युवा नेतृत्व ,पर्यटन ,दिगो विकास लक्ष्य ,वातावरण तथा जलवायु परिवर्तन र सुचना प्रविधिसँग सम्वन्धित विषयहरु विभिन्न प्रस्तोताहरुबाट कार्यपत्र समेत प्रस्तुत गरीने कार्यक्रम रहेको संयोजक गुरुङले बताउनु भयो । नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिका आउन आवश्यक रहेको भन्दै संयोजक गुरुङले सबै युवाहरुलाई स्थानिय,आर्थिक,तथा समाजिक क्षेत्रमा नेतृत्वदायि भुमिकामा ल्याउने उदेश्य सम्मेलनको रहेको बताउनु भयो । प्रदेश नं.१,४ र ७ ले प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न गरी सकेको छ । सो कार्यक्रमको उद्घघाटन प्रदेश नं.५ सामाजिक विकास मंन्त्री सुर्दशन वरालले गर्नु हुने आयोजक नेपाल युवा परिषद बाँके शाखाका महासचिव बामदेव पोखरेलले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.