Jilla Ban Notis

नेपालका सबै सामुदायिक वनहरु अव उत्पादन ,पर्यापर्यटन र आत्म रोजगारीसंग जोडीएर अघिबढ्न जरुरी ।

0 20

कृष्ण ढकाल
लमहि,फागुन १०
सामुदायिक वनहरुले अव वन संरक्षण गर्ने र काठ दाउराहरु विक्रि वितरणका लागि मात्र काम गरेर नहुने एक कार्यक्रमका वक्ताहरुले बताएकाछन् । शनिवार चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट२ चिसापानीको अध्ययन अवलोकन टोली र सृजना सामुदायिक वन उपभोक्ता समुह,कोहलपुर १२ ,वाँके विच भएको अनुभव आदान प्रदान तथा छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन ।

उनीहरुले अव नेपालका सबै सामुदायिक वनहरु उत्पादन ,पर्यापर्यटन र आत्म रोजगारीसंग जोडीएर उपभोक्तासंग संगै अघिबढ्न जरुरी रहेको बताएका थिए । उनीहरुले वातावरणलाई जोगाएर कामगर्न सके वनभित्र आम्दानीका प्रसस्त वाटाहरु रहेकाले त्यसको पहिचानगरी योजनाहरु अघिबढाउनु पर्ने समेत बताएका थिए ।
सृजना सामुदायिक वन उपभोक्ता समुह,कोहलपुर १२ ,वाँकेका अध्यक्ष दशरथ शर्मा पराजुली र सचिव चुना थापा मगर लगाएत चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट२ चिसापानीको अध्ययन अवलोकन टोलीले आ आफ्ना वनहरुमा भएगरेका गतिविधिहरु र आगामी योजनाका वारेमा समेत छलफललाई केन्द्ीत गरेका थिए । सोक्रममा बाँकेका अध्यक्ष पराजुलीले वनको संरक्षण अन्य गतिविधिहरुमा उपभोक्ताहरुको मुख्य भुमिका रहने बताउनु भएको थियो । भने नवलपरासीका समुहका सचिव अनिल गुरुगंले वैज्ञानिक वन ब्यवस्थापन,जडीबुटी खेती र वन्यजन्तु संरक्षणका वारेका समेत जानकारी गराउनु भएको थियो भने सामुदायिक वन महासंघ नेपाल नवलपरासीका जिल्ला अध्यक्ष कमल परियारले सामुदायिक वनको अवस्था र कानुनी जटीलताका वारेमा आफ्ना अनुभव राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.