Jilla Ban Notis

नेकपा सुनवल–१२ वडा कमिटि भुमहिद्धारा श्रद्धाञ्जली सभा सम्पन्न् ।

0 34

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२७
नेकपा नवलपरासी जिल्ला सचिवालय सदस्य लेखनाथ खरेलकी आमा शिवकला खरेलको निधनको ९ आंै दिनको पुण्यतिथिमा आज खरेल निवास भुमहिमा श्रद्धाञ्जली सभा सम्पन्न् भएको छ ।
नेकपा सुनवल वडा नम्बर १२ वडा कमिटिले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी प्रमुख अथितिकारुपमा रहनु भएको थियो ।

श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै मन्त्री चौधरीले आफ्ना पार्टीका जिल्ला सचिवालय सदस्य लेखनाथ खरेलकी आमाको निधनले सिङ्गो जिल्ला पार्टीनै दुखि भएको भन्दै शोक शन्तब्द परिवारजनमा समवेदना प्रकट गर्नुका साथै मृत्यआत्मको चिर शान्तिको कामना गर्नु भएको थियो । उहांले हाम्रो समाजमा अझैपनि वृद्ध बाबु–आमाहरुलाई राम्रो संग हेरचाह नगर्ने प्रवृत्ति धेरै रहेको भन्दै त्यसो गर्न नहुनेमा जोड दिनु भएको थियो ।

नेकपा सुनवल वडा नम्बर १२ वडा कमिटिका अध्यक्ष रण बहादुर कुवरको अध्यक्षतामा भएको उक्त श्रद्धान्जली सभामा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, सुनवल नगरपालीकाका उपमेयर दधिराम अर्याल, लगाएतको उपस्थिती रहेको थियो।
नेकपा नवलपरासी जिल्ला सचिवालय सदस्य लेखनाथ खरेलकी आमा शिवकला खरेलको ो यहि कात्र्तिक १९ गते ८८ वर्षको उमेरमा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.