Jilla Ban Notis

नेकपा सरावल गाउ कमिटि नवलपरासीको आयोजनामा पार्टी प्रबेश कार्यक्रम शनिबार सरावल १ स्थित तिलकपुरमा सम्पन्न ।

0 16

रामु भुषाल
सरावल,मंसीर–७
नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउ कमिटि पश्चिम नवलपरासीको आयोजनामा पार्टी प्रबेश कार्यक्रम शनिबार सरावल १ स्थित तिलकपुरमा सम्पन्न भएको छ । नेकपा सरावल गाउ कमिटिका अध्यक्ष लिलाधर पाण्डेको अध्यक्षता र नेकपा केन्द्रिय सदस्य एवं नेकपा जिल्ला ईन्चार्ज बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको हो । कार्यक्रममा नेकपाकी प्रदेश कमीटी सदस्य भगवती भण्डार नेकपा सरावल र्ईन्चार्ज तथा नेकपा जिल्ला सदस्य प्रल्हाद पासीको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले आफु यसै क्षेत्रको बासिन्दा भएको हिसाबले पनि यस क्षेत्रको विकासका लागी ध्यान जान स्वाभाविक रहेको बताउदै प्रदेश सरकारले प्रदेशका हरेक कुना काप्चामा विकासका लहरहरु ल्याइसकेको बताउदै यस आर्थिक बर्षमा मात्रै दुर्य सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरि सकिएको र आगामी बर्षका लागी ३ सय किलोमिटर सडक कालोपबे गर्ने प्रदेश सरकारको लक्ष्य रहेको र प्रदेशका सबै बासिन्दाको घरमा स्वच्छ खानेपानी पुर्याउने उदेश्यका साथ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
अर्को प्रसंगमा बोल्दै मन्त्री चौधरीले अहिलेको नेकपाको दुई तिहाईको सरकारलाई कसैले पनि ढाल्ने नसक्ने बताउदै सरकारले अहिले देशमा विकास निर्माणको कार्यलाई द्रुत गतिका साथ अगाडी बढाउन मन्त्रिमण्डल पुर्नगठन गरेको र नेकपाको उदेश्य भनेकै देशका जनता, उद्योगी ब्यवसायीलाई धनि बनाउनु नभर्ई देशमा अहिले सम्म रोकिएका विकास निर्माणको कार्यहरुलाई सम्पन्न गर्नु रहेको बताउनुभयो ।
सो अवसरमा पुर्व क्षेत्रिय सदस्य देवराज चौधरी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा युवा शघ नेपालका केन्द्रीय सदस्य प्रकास भट्टराइ, सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, जिल्ला समन्वय समितिकी सदस्य आशा चौधरी लगाएत नेकपाका जिल्ला कमिटिका पदाधिकाहरी, गाउ कमिटिका पदाधिकारी तथा नेता, कार्यकर्ताहरु, सञ्चारकर्मी, स्थानियबासी लगाएतको उपस्थिती रहेको थियो भने सो अवसरमा सरावल वडा नम्बर १ अन्र्तगत पर्ने तिलकपुर, खोखरपुरा लगाएतका क्षेत्रबाट राधेश्याम चौधरीको नेतृत्वमा एक सय बढी विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टी परित्याग गरि नेकपा कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेको र प्रबेश गरेका सबैलाई मन्त्री चौधरीले टिका लगाई सम्मान समेत गर्नुभएको थियो । नेकपा सरावल गाउ कमिटिका सचिवालय सदस्य दामोदर देवकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपाका गाउ कमिटि सचिव अनिल चौधरीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.