Jilla Ban Notis

नेकपा प्रचण्ड–नेपाल समुहद्धारा परासीमा पुत्ला दहन

0 19

परासी,पौष–२३
नेकपा प्रचण्ड–नेपाल समुह अन्र्तगतको अनेरास्ववियू नवलपरासीले आज सांझ परासी बुद्धचोकमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । अनेरास्ववियूको केन्द्रिय कमिटीको संघर्षका कार्यक्रम अनुसार आज अनेरास्ववियू नवलपरासीकोले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको संघर्ष समितीका संयोजक सन्जय मौर्य ले जानकारी गराएका छन ।

आजै बसेको नेकपा प्रचण्ड–नेपाल समुह अन्र्तगतको जिल्ला कमिटीको बैठकबाट अनेरास्ववियू नवलपरासीको कार्यालय सदस्य सन्जय मौर्यको संयोजकत्वमा ७१ सदस्यिय संघर्ष समिती गठन गरेको बताईएको छ ।  विरोध प्रर्दशनमा अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य अमित खड्का नवलपरासी सह–संयोजक बिशाल गिरी लगाएतको उपस्थिती रहेको बताईएको छ ।

 

Leave A Reply

Your email address will not be published.