Jilla Ban Notis

नेकपा नवलपरासी र मजदुर संगठनद्धारा श्रमिक दिवस कार्यस्थलमै मनाउन आह्वान ।

0 186

परासी, १८ वैशाख
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासी र उक्त पार्टी निकटका मजदुर संगठनले १३१ औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सवै मजदुरमा शुभकामना व्यक्त गर्दै कोरोना भाईरसको संक्रमणबाट जोगिन सुरक्षा र सतर्कता अपनाउन आग्रह गरेका छन् । श्रमिक दिवस शुक्रबार मनाईँदैछ ।  पार्टीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, जिल्ला सचिव तुलसी पासी, पार्टीको भातृसंगठन अखिल नेपाल टे«ड युनियन महासंघ नवलपरासीका जिल्ला ईन्चार्ज विपी यादव र जिफन्टका जिल्ला अध्यक्ष थमनसिंह नेपालीले विहीबार संयुक्त रुपमा विज्ञप्तिी जारी गर्दै श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको हो । विज्ञप्तिमा कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन जारी गरेका कारण सार्वजनिक रुपमा कुनै कार्यक्रम नगरिने भएकोले सम्पूर्ण मजदुरलाई कार्यस्थल र आफू जुन स्थानमा छौँ, त्यही स्थानबाट दिवस मनाउन आग्रह गरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार सेवा सुविधा नदिने व्यवस्थापक विरुद्ध कानूनी प्रतिरोधमा उत्रिन मजदुरलाई आह्वान पनि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “उद्योगहरुको मातहतका संगठन, नेतृत्व तथा कार्यकर्तालाई कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षाको बारेमा सचेत र सतर्क रहन आग्रह गर्दै असुरक्षित महशुस भए सम्बन्धीत व्यवस्थापकसँग छलफल गर्ने, समाधान खोज्ने र हल हुन नसके संगठन वा स्थानीय प्रशासनमा जानकारी गराई समाधानको पहल लिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासी र अखिल नेपाल टे«ड युनियन महासंघ तथा जिफन्ट नवलपरासीले सवै श्रमिकमा आग्रह गर्दछ”  विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाउँछन् ।नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.