Jilla Ban Notis

नेकपा नवलपरासीको जिल्ला कार्यालयमा तालाबन्दी ।

0 17

कृष्ण ढकाल
बर्दघाट,पुष–७
राष्ट्रिय युवा संघ नेपाल , मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस एकेडेमीका सदस्यहरुले आज नेकपा नवलपरासीको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । केपी ओली समर्थक रहेका युवाहरुले परासी सदरमुकाममा रहेको नेकपाको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्रीलाई काम गर्न नदिएर घेरावन्दीमा पारेको र पार्टीलाई समेत अस्थिरतामा लगेकाले पार्टी कार्यालयको सुरक्षाका लागि आफुहरुले तालाबन्दी गरेको तालवन्दीमा सहभागि मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला अध्यक्ष सुवोध जागृत बुढाथोकीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.