Jilla Ban Notis

नेकपा ओली समुहको अगुवा कार्यकर्ताहरुको विस्तारी भेला सम्पन्न्।

0 22

कृष्ण ढकाल
बर्दघाट,पौष–२३

नेपाल कम्युनिष्ट पाटी (नेकपा) ओली समुहको अगुवा कार्यकर्ताहरुको विस्तारी भेला विहिवार नवलपरासी जिल्लाका विभिन्न स्थानमा भएको छ । बर्दघाटको वडा नं.२ र ३ वडाकमीटीले संयुक्त रुपमा चिसापानीमा वडाको विस्तारीत भेला सम्पन्न् गरेको छ भने वडा नं ४ को वडा कमिटिले त्रिवेणी चोकमा रहेको बौद्ध गुम्वामा विस्तारीत वडा भेला सम्पन्न् गरेको छ

वडा नं.२ र ३ को संयुक्त विस्तारीत वडाभेलाले वडा नम्वर २ मा धन प्रकास श्रेष्ठको अध्यक्षतामा नयां नेकपा वडाकमीटी गठन गरेको छ भने वडा नम्वर ३ मा पुरानै कमिटिलाई निरन्तरता दिने सर्ब सम्मवद निर्णय गरेको छ ।
वडा नं.२ वडाकमीटी अध्यक्ष चन्द्र बहादुर बुढामगरको अध्यक्षता र नेकपाका केन्द्रिय सदस्य एवं स्कूल विभागका सदस्य बद्री खनालको प्रमुख आतिथ्यतामा उक्त विस्तारीत भेला सम्पन्न् भएको थियो ।
सो अवसरमा बोल्दै केन्द्रिय सदस्य खनालले नेकपा पार्टीले आफ्ना कुनै पनि पार्टी सदस्यहरुलाई कार्वाहि नगरेको बताउनु भएको थियो । उहांले पार्टी भित्र बहुमत र अल्पमतको खेलखेल्न खोज्दा नेकपाका केहि जिम्मेवार नेताहरुले असन्तुष्टि जाहेर गरेको बताउनु भयो । राष्ट्रिपतिलाई महाअभियोग लगाउने जस्ता योजना बनाउदै सरकारलाई घेरावन्दीमा पारेर असक्षम बनाउन खोज्दा आफुनै धरापमा परेको दावी गर्नु भयो । त्यसैगरी उहांले आगामि २५ गते नवलपरासी जिल्लाको स्वाठीमा हुने जिल्ला भेलामा सक्रिय सहभागिता जनाउनकाा लागि पनि आग्रह गर्नु भएको थियो ।
विस्तारीत भेलामा नेकपाका केन्द्रिय सदस्य थान प्रसाद गैरे,जनसांस्कृतिक महासंघकी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज सिन्धु जलेसा,नेकपाका जिल्ला सचिवालय सदस्य रुक्मागत ज्ञवाली लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन अनिल गुरुङ्गले गर्नु भएको थियो ।

पाल्हिनन्दनमा भएको नेकपाको भेला

त्यसैगरी उता
पाल्हिनन्दन गाऊपालिकामा पनि नेकपा ओली समुहको विस्तारीत भेला सम्पन्न् भएको छ । भेलामा नेकपाका केन्द्रिय सदस्य बिमला अर्याल,राजु हरिजन,जिल्ला सचिवालय सदस्य दिपेन्द्र कुमार अधिकारी, अनेरास्ववियूका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक सुशान्त घिमिरे ,नेकपाका नेता सुखाडी चौधरी लगाएको सहभागिता रहेको थियो ।

बर्दघाटमा भएको नेकपाको भेला

Leave A Reply

Your email address will not be published.