Jilla Ban Notis

नेकपाद्वारा श्रद्धाञ्जली सभा 

0 20

 

बर्दघाट ,जेष्ठ -२६

नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा नवलपरासीले जिल्ला सदस्य भीम सीको श्रद्धाञ्जली सभा बर्दघाट–४ बाढीपिडीतमा शुक्रवार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि सो पार्टीका केन्द्रीय सदस्य धुब्र सीले भीमले जनयुद्ध जनआन्दोलन र एकीकृत जनक्रान्तिमा समेत सक्रिय भुमिका गरेको औल्याउनुभयो । कार्यक्रममा सो पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज कमल सी, जिल्ला सल्लाहकार ओम सी , माओवादी केन्द्रको तर्फबाट गोबिन्द विश्वकर्मा , क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चुडामणी भण्डारीलगायतले बोल्नुभएको थियो । कार्यक्रम गणेश सीको संचालन र जिल्ला सेक्रेटरी प्रताप सीको अध्यक्षतामा भएको थियो ।

Leave A Reply

Your email address will not be published.