Jilla Ban Notis

निष्पक्ष निर्वाचन अहिलेको आवश्यता ः मदन भण्डारी स्पोर्टस एकेडेमि

0 25

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१२
ताजा जनादेशमा जाने नेपाल सरकारको निर्णयको स्वागतगर्दै स्वच्छ र निष्पक्ष निर्वाचन सफल पार्नेको लागि सबैले आ–आफ्नो क्षेत्रवाट महत्वपूर्ण मुमिका निर्वाह गर्न मदन भण्डारी स्पोर्टस एकेडेमिले सबैलाई आग्रह गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमिका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्याले आज एक विज्ञप्ती जारीगरी सो आग्रह गर्नुभएको हो । राष्ट्रपति विद्या देवि भण्डारीले प्रद्यानमन्त्री के.पि. शर्मा ओलीको सिफारीसमा आगामी कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्न गर्नुभएको घोषणालाई सफलपारी मुलुकलाई नयां मोडतर्फ लैजानका लागि सबैले सहयोग गर्नु पर्नै आचार्यद्धार जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।
त्यसैगरी ब्यक्तिगत कुन्ठा,द्धेष र आकांक्षाहरु बोकेर अस्थिरता निम्त्याउन चाहनेहरुलाई परास्त गर्दै ताजा जनादेशमा जाने राष्ट्रिय दायित्व पुरागर्नु अहिले आवश्यक्ता समेत रहेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.