Jilla Ban Notis

निषेधाज्ञका कारण गोदामै केरा कुहियो ।

0 39

गौरीशंकर जयसवाल
परासी २ जेठ
निषेधाज्ञका कारण फलफुल विक्री गर्न नपाउदा पश्चिम नवलपरासी सुनवलका एक थोक ब्यापारीको लाखौं रुपियाँको केरा कुहिएर नष्ट भएको छ । कोरोनाको संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बैशाख २१ गते देखी जिल्लामा निषेधाज्ञ लागु गरेको छ ।
पछिल्लो दश दिन देखी जिल्लामा निषेधाज्ञ लागेको र निषेधाज्ञ आगामी जेठ १५ दिन सम्मका लागि थप बढाईएका कारण केरा आपुर्ती गर्न नसकेको अवस्थामा सुनवलका थोक ब्यापारी रेसुंगा ट्रेड सेन्टर सुनवलका संचालक मेघराज हमालले आफुले बिस टन केरा कुहिएर फाल्नु परेको जानकारी दिए । उनको अनुसार करिब दस लाख बराबरको गोदाममा कुहिएर केरा नष्ट भएको बताए ।

निषेधाज्ञ लाग्नु भन्दा दुई दिन पहिला मात्र आफुले भारतबाट २० टन केरा मगाएको अवस्थामा केरा ल्याउना साथ जिल्लामा र अन्य जिल्लामा समेत निषेधाज्ञ लागे पछि केराका फुटकर ब्यापारीहरुले केरा नलगे पछि केरा गोदाममा नै कुहिएर फाल्न बाध्य भएको ब्यापारी हमालले बताए ।
अहिले नेपाली केरा बजारमा नआई सकेको हुनाले ब्यापरी हमालले १२ दिन पहिला वीस टन केरा भारतबाट मगाएको र विक्रि वितरण हुने बेलामा निषेधाज्ञ लागु भई यातायातका साधनहरु समेत बन्द भएकोले बिस टन केरा गोदाम मै कुहिएको रेसुंगा ट्रेड सेन्टर सुनवलका संचालक हमालले बताए । वीस टन केरा एकै साथ कुहिएकाले कुहिएको केरा ब्यावस्थापनमा समेत समस्या भएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.