Jilla Ban Notis

नित्यानन्द रत्नकुमारी मा।वी को नव निर्मित भवनको समुद्घाटन ।

0 25

बर्दघाट,पुष–८
नवलपरासीको बर्दघाट–१२, जहदामा रहेको नित्यानन्द रत्नकुमारी मा।वी को व्यवसायिक नव निर्मित सटर भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेद बहादुर चौधरीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्य सम्पन्न् भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले बिद्यालयहरु आर्थिक रुपले सम्पन्न भएर मात्र नहुने बताउदै बिद्यालय प्रशासन चुस्त र दुरुस्त राख्दै गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा रहनु भएकी नगर उप प्रमुख माया देवि पौडेलले अहिलेको शिक्षा व्यवसायिक र प्रविधियुक्त गराउनका लागी सबैले ध्यान दिनु पर्ने बताउनु भयो । उहांले नगरले शिक्षा क्षेत्रमा बिशेष ध्यान दिएको समेत बताउनु भयो ।
त्यसैगरी वार्ड नं। १२ का वाडाध्यक्ष मान बहादुर मल्लले स्थानिय सरकार आईसके पछि सो क्षेत्रको मुहार परिवर्तन भएको र जहदाको भटौलिया बजार विकास उन्मुख रहेको बताउनु भयो ।
कार्यक्रममा वार्ड नं। १३ का वार्ड अध्यक्ष नर बहादुर चौधरी , बिद्यालयका शिक्षक अभिभावक संघ का अध्यक्ष महेन्द्र काफ्ले , समाजसेवी एवं दान दाता मनोज कार्की जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र का अध्यक्ष सुरज के।सी लगायतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रममा बिद्यालयका प्र।अ राजन प्रसाद उपाध्यायले बिद्यालयको समस्या बताउदै प्रविधि युक्त शिक्षाको लागी बिद्यालयमा कम्प्युटर भए पनि शिक्षक अभावका कारण पठन पाठन मा समस्या आएको बताउनु भयो । बिद्यालयको व्यवसायिक सटर १० लाख प्रदेश सरकार र १५ लाख बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको हो भने यस अगावै प्रदेश सरकारको १० लाख मा निर्माण भएको ३ ओटा व्यवसायिक सटर प्रदेश सदस्य दिपेन्द्र अधिकारीले उद्घाटन गरि सक्नु भएको थियो ।
नगरपालिकाको लागतमा निर्माण भएको ५ कोठे व्यवसायिक सटर नगर प्रमुख धिरज शर्माले उद्घाटन गर्नु भएको हो । बिद्यालयका शिक्षक बिश्वराज भटट्राइृको स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन शिक्षक देवेन्द्र चौधरीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.