Jilla Ban Notis

नारायणी नदीमा डुङ्गा  डुब्दा एक ब्यक्ति बेपत्ता ।

0 53

श्याम थापा

सुस्ता, ३१ –भदौ
पश्चिम नवलपरासीको नारायणी नदीमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका वडा नम्बर ५ पक्लिहवाको अनुमोघाटबाट नदी पारी सुस्ता गाउँमा इट्टा बोकेर जाँदै गरेको डुङ्गा नारायणी नदीमा डुबेपछी डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएका हुन् ।
डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेकोमा ६ जना पौडी खेलेर आफ्नो ज्यान जोगाएका छन् । नारायणी नदिमा डुबेर बेपत्ता भएको ब्यक्तिको खोजी कार्य भइरहेको छ । बेपत्ता भएका व्यक्ति भारतीय नागरिक अन्दाजी ३२ वर्षीय पुरुष रहको प्रहरी चौकी रामनगरले जानकारी दिएको छ । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.