Jilla Ban Notis

नाना,माना र छानालाई आत्मसाथ गर्दै नगरपालिका अघिबढेको छ ः नगर प्रमुख बस्याल

दाउन्ने देवि महिला बहुउद्धेशीय सहकारी संस्था बर्दघाटको २३ औं वार्षीक साधारण सभा सम्पन्न् ।

0 25

कृष्ण ढकाल
बर्दघाट,पुष–१८
राज्यले अवलम्वन गरेको नाना,माना र छानालाई आत्मसाथ गर्दै बर्दघाट नगरपालिका अघिबढेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । उहांले नगरको समृद्धिका लागि पहिले नगरवासी समृद्ध हुन जरुरी रहेको बताउदै नगरवासीहरुलाई समृद्ध बनाउन उनीहरुको चाहना अनुसार नगरपालिकाले विषयगत रुपमा सिप,ज्ञान र अनुदानका कार्यक्रमहरु संचालन गरेको बताउनु भएको छ ।

आज दाउन्ने देवि महिला बहुउद्धेशीय सहकारी संस्था बर्दघाटको २३औं वार्षीक साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख बस्याले सो कुरा बताउनु भएको हो । नगर प्रमुख वस्यालले बर्दघाट नगरमा रहेको दाउन्ने देवि महिला बहुउद्धेशीय सहकारी संस्थाले महिलाहरुलाई संगठीत गराउने र उद्यमशिल बनाउने कार्यवाट उपलब्धी हांसील गरेको भन्दै धन्यवाद समेत प्रकट गर्नु भएको थियो । उहांले महिलाहरुका सवालमा कुनै पनि कार्य गर्न संस्थासंग सहकार्य र साझेदारी गरी अघिबढ्न तयार रहेको समेत बताउनु भयो ।

संस्थाकी अध्यक्ष देवि पौडेलको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथयतामा सम्पन्न् वार्षीक साधारण सभामा नेपाल वार एसोसियसन नवलपरासीका पूर्व अध्यक्ष बाबुराम खड्का,बर्दघाट नगरपालिकाका सकहारी शाखा प्रमुख कृष्ण प्रसाद मरासीनी,महिला तथा वालबालिका शाखा प्रमुख अप्सरा सुवेदी, सरस्वती मावि कुञ्जनपुरका प्र.अ. सोमनाथ अधिकारी,ज्ञानोदय माविकी प्र.अ. सरस्वती श्रेष्ठ लगाएतले आ– आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाले गरेका कार्यहरु अनुकरणीय रहेको बताउदै सामाजिक क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै धन्यवाद प्रकट गरेका थिए । सो अवसरमा संस्थाले संचालन गरेको सामाजिक संजाल मार्फत शुभकामना प्रदान गरी रकम संकलन गर्ने अभियानमा एक घरवाट दश हजार रुपैया भन्दा बढी सहयोग गर्ने ७ जना दाताहरुलाई सम्मान समेत गरेको थियो ।
त्यसैगरी बर्दघाट नगरपालिकामा रहेका ११ वटा सामुदायिक माविहरुमा स्थापना गरीएको छात्रावृत्ति अक्षकोषका लागि पचास पचास हजार रुपैयाको नगद चेक हस्तान्त्रण समेत गरीएको थियो । सोहीक्रममा संस्थामा रहेका जेष्ठ सदस्यहरु,उतकृष्ठ बचतकर्ता तथा उत्कृष्ठ पशुपालक र कृषकलाई समेत सम्मान गरीएको थियो ।

संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्माको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा संस्थाकी ब्यवस्थापक हिरादेवि शाहीले संस्थाको आर्थिक अवस्थाका वारेमा ,र लेखा सुपरिवेक्षण समितिकी संयोजक रिना गौचनले लेखा सुपरिवेक्षक प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिव लक्ष्मी बर्दौलाले गर्नु भएको थियो ।

२०५६ साल पौष २१ गते देखि आफ्नो यात्राशुरु गरेको यस संस्थामा अहिले सम्म आई पुग्दा १ हजार ६ सय ९२ जना शेयर सदस्य बनाउन सफल भएको छ । महिलाहरुमात्र शेयर सदस्य रहेको यस संस्थामा अहिले कुल सम्पत्ति ११ करोड ६७ लाख ४२ हजार ४ सय ४५ रुपैया रहेको छ भने वचत संकलन तर्फ ८ करोड१० लाख ९ हजार१ सय ५७ रुपैया रहेको छ । संस्थामा असार मसान्त सम्म कुल आम्दानी ४६ लाख १४ हजार ६ सय २ रुपैया रहेको वार्षीक साधारण सभामा प्रस्तुत् गरेको वार्षीक प्रतिवेदनमा उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.