Jilla Ban Notis

नागरिकता बिद्येयकको बिरोधमा नवलपरासीमा जसपाद्धारा विरोध प्रर्दशन ।

0 50

 

गौरीशंकर जयसवाल

परासी १६ असार
जनता समाजवादी पार्टी, नेपाल नवलपरासीले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक विभेद्‍कारी भएको भन्दै त्यसकोविरूद्ध सदरमुकाम परासीमा विरोध प्रर्दशन गरेको छ । जसपाको पार्टी कार्यलयबाट निकस्केको बिरोध र्यालीमा सरकार विरोधी विभिन्न नारा लगाउदै जिल्ला प्रशासन कार्यालय वाट पुनः बुद्धचोकामा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै जसपाका नेताहरुले जातीय विभेद, सामाजिक तथा सांस्कृतिक विभेद, लैंगिक विभेद र असमानता कायम गर्ने तथा राष्ट्रिय एकता कमजोर पार्ने गरी ल््याएको संशोधन प्रस्ताव आपत्तिजनक रहेको बताएका थिए । सरकारले ल्याएको नागरिकता बिद्येयक मधेश बिपरीत रहेको भन्दै नागरीकता बिद्येयक सच्याएर संसदबाट लैजाने सरकारलाई अग्रह गरेका थिए ।

राजपाका अध्यक्ष मुकुरजी गिरीले विगतका नागरिकता ऐनमा भएका वैवाहिक अंगीकृत व्यवस्थालाई नै यथावत राखिनुपर्ने माग गरेका थिए । उनले भने “नेपालीसंग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारबाही चलाएको प्रमाणका आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरिनुपर्दछ,” । समाजबादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधानविरुद्ध प्रदर्शन गरिएको जानकारी दिए । उनले भने बिदेशबाट आएका बुहारीलाई सात बर्षपछि नागरिकता दिने सरकारले जुन प्रवाधान ल्याएको त्यो मधेश बिरोधी रहेको बताउदै मधेशको हित बिपरीत बिभेदकारी र नागरिकता बिद्येयक खारेज गनुपर्नेमा जोड दिएका थिए ।

कोण सभामा सबिधान सभा सदस्यद्धय चिनक कुर्मी,रामबचन यादव,जसपाका केन्द्रिय सदस्य गोबिन्द चौधरी,सुरेन्द्र पटेल,बिजय अग्रहरी महेन्द्र गुप्ता, शोभा चौधरी अमिरुल्लाह मिया लगायतले बोल्दै सरकारले ल्याएको नागरिकता बिद्येयक मधेशी बिरोधी भएको भन्दै नागरिकता बिद्येयक खारेज गर्न माग गरेका थिए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने निर्णय गरेको छ।

Leave A Reply

Your email address will not be published.