Jilla Ban Notis

नहर सञ्चालन, व्यवस्थापन तथा निर्वाचन सम्बन्धि १ दिने गाेष्ठी सम्पन्न

0 109

पप्पु रेग्मी

बर्दघाट,माघ–२९
नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणाली मूल समिति सेमरी, पश्चिम नवलपरासीकाे अायाेजना तथा नेपाल गण्डक पश्चिमी नहर सिंचाई व्यवस्थापन कार्यालय सेमरी पश्चिम नवलपरासीकाे सहअायाेजनामा, नहर सञ्चालन, व्यवस्थापन तथा निर्वाचन सम्बन्धि १ दिने गाेष्ठी गाेपिगंजमा अाईतवार सम्पन्न भएको छ ।
गाेष्ठि सिंचाइ प्रणाली मुल समितिका पश्चिम नवलपरासीका अध्यक्ष हैदर अली अन्सारीकाे अध्यक्षता तथा राष्ट्रिय सिंचाई समितिका सदस्य टाेप बहादुर सिंह ठकुरीकाे प्रमुख अातिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा बक्ताहरूले गण्डककाे अवस्था र गण्डककाे शाखा नहरहरूकाे सरसफाइमा सरकारले ध्यान नदिदा कृषकहरूले समयमा नहरमा पानी नहुदा बालिमा सिंचाई गर्न विभिन्न समस्याहरू भएकोले यस समस्या समाधान कसरी गर्न सकिन्छ ? भन्ने विषयमा र यस सिंचाई उपभोक्ता व्यवस्थापन समितिकाे चुनाव दुई वर्ष अघि नै गर्नु पर्ने तर अाज सम्म पनि नभएकोले छिट्टै नै गर्नु पर्ने विषयमा छलफल गरि सुझाव राखिएकाे थियाे ।
उक्त गाेष्ठिमा गण्डक डिभिजन प्रमुख रंधिर कुमार साह, अध्यक्ष हैदर अलि अन्सारी लगाएतले सहजीकरण गर्नु भएको थियोे ।

गाेष्ठिकाे स्वागत मनतव्य मुल समितिकाे सदस्य सुभान अली अन्सारीकाे रहेकाे थियोे भने कार्यक्रम सञ्चालन माेहन चाैधरीले गर्नुभएको कार्यक्रममा मूल समितिका, उपसमिति, नगर तथा सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे

Leave A Reply

Your email address will not be published.