Jilla Ban Notis

नवलपरासी–१‘क’ मा विश्वप्रेम पाठक र क्षेत्र नम्बर २ को ‘क’ मा खड्ग बस्नेत बिजयी

0 142

बर्दघाट,मंसीर–८

नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. १ ‘क’ मा नेपाली कांग्रेसका विश्वप्रेम पाठक विजयी भएका छन् । पाठकले एमालेका पुण्य प्रसाद पौडेललाई २ हजार १२० मतान्तरले पराजित गरेका हुन् ।

पाठकले १५ हजार ४३६ मत ल्याउँदा पौडेलले १३ हजार ३१६ मत पाएका छन् । राप्रपाका नवनित कुमार मिश्रले ५ हजार ४४१ मत ल्याएर तेस्रो भए ।

कुल ६५ हजार ११६ मतदाता रहेको प्रदेशसभा निर्वाचन क्षेत्रमा ४४ हजार ५६८ मत खसेको थियो । त्यस प्रदेशसभा निर्वाचन क्षेत्रमा ८ राजनीतिक दल र ८ स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दिएका थिए ।

क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार बस्नेत बिजयी

पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत बिजयी हुनुभएको छ । ३७ वर्षिय बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टिका आशिष प्रधानले १२ हजार ३ सय ७८ मत प्राप्त गर्नुभएको छ । ७१ मतको झिनो अन्तरले बस्नेत बिजयी हुनुभएको हो ।

सुरु बाट निरन्तर अगाडी रहनुभएका प्रधानले अन्तिम बुथको मतबाट पराजय व्यहोर्ने परेको हो । तेस्रो स्थानमा रहनुभएका एमालेका थान प्रसाद गैरेले ९ हजार ९सय ७९ मत प्राप्त गर्नुभएको छ । नेकपा माओबादी केन्द्र बाट प्रदेश सभामा दाबी प्रस्तुत गनुभएका बस्नेतले टिकट नपाएपछी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

उहाँ सुनवल खानेपानी संस्था र सुनवलमा रहेको रमवापुर माविको व्यवस्थापन समितिको अध्यक्ष हुदै विभिन्न समाजिक संघ संस्थामा क्रियाशिल हुनुहुन्छ । पश्चिम नवलपरासीको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर १ मा नेपाली कागे्रेसका बिनोद चौधरी र क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टिका धुव्र बहादुर प्रधानले फराकिलो मतान्तरले अग्रता लिदै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.