Jilla Ban Notis

नवलपरासी सेवा समाज कतारको अध्यक्षमा सजन लौडारी ।

0 32

कृष्ण ढकाल
बर्दघाट,पौष–१३
नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिवेशनले नवलपरासी बर्दघाटका युवा सजन लौडारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । २७ डिसेम्बर २०१९ मा अल दोसरी पार्क सहानियामा भएको नवलपरासी सेवा समाज कतारको प्रथम साधारण सभा तथा अधिवेशनले लौडारीलाई तदर्थ समितिको अध्यक्ष को जिम्मेवारी दिएको हो । गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यता र सजन लौडारीको अध्यक्षतामा भएको उक्त भेलामा कतारमा स्थापित बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु र कतारमा कार्यरत नवलपरासी जिल्लाबासीहरुको उल्लेखनीय उपस्थीती रहेको थियो । अमित बरालीको स्वागतवाट शुरु भएको कार्यक्रमको संचालन दुर्गा हमालले गर्नु भएको थियो ।  भेलाले सजन लौडारीको अध्यक्षतमा २१ सदस्यीय कार्यसमिती निर्वाचीत गरेको छ । जसको प्रथम उपाध्यक्ष अमित बराली, द्वितीय उपाध्यक्ष कृष्ण पन्थी, महासचिव दुर्गा हमाल, सचिव सुरज कुंवर, कोषाध्यक्ष गिरिराज पाठक, सह(कोषाध्यक्ष नर बहादुर थापा र सदस्यहरुमा बासुदेव पान्डे, बिश्नु बहादुर शाही, रमेश पुरी, जित बहादुर गुरुङ्ग, रामजी सुबेदी, बिश्नु अधिकारी, सद्धाम हुसेन, जिता कुमारी गुरुङ्ग र सन्ध्या अर्याल निर्वाचीत हुनुभएको छ । बांकी रहेको ५ सदस्य कार्यसमितिले समावेशी तरिकाले मनोनीत गर्ने नव निर्वाचीत अध्यक्ष सजन लौडारीले बताउनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिती मोहम्मद मुक्तदा मुसलमानले गैर अवासीय नेपाली संघ कतारले नवलपरासी सेवा समाज संग अगामी दिनहरुमा समन्वय र सम्बन्ध स्थापीत गर्दै हरेक सामजिक कामहरुमा अगाढी बढ्ने बिश्वास दिलाऊनु भएको थियो । उहांले गैर अवासीय नेपाली संघ कतारले नेपाली श्रमिकहरुको हक हितका लागी सदैव काम गर्ने साथै श्रमिकका समस्याहरुलाई संस्थागत रुपमा अगाडी ल्याएर सहयोग गरिदिनु हुन आग्रह पनि गर्नुभएको अध्यक्ष लौडारीले बताउनु भयो ।  उक्त अवसरमा बोल्ने अन्यवक्ताहरुले नवलपरासी सेवा समाज कतारको गत बर्ष अक्टोबरमा स्थापना देखि अहिले सम्मको १४ महिने अवधिमा गरेका काम र समाज सेवामा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका अध्यक्ष लौडारीले बताउनु भएको छ । साथै छोटो अवधीमै धेरै सदस्यहरुको उपस्थितिमा भब्य कार्यक्रम सम्पन्न गराऊन सकेकोमा दोहाको सन्दर्भमा नै एउटा उदाहरणीय कार्यक्रम रहेको बताएको जनाईएको छ । संस्थाका संरक्षक के. बी. हमालले संस्था गठन गर्न गरेका प्रयासहरु तथा बिगतको सम्झना गर्नुभएको बताईएको छ । त्यसैगरी संस्थाका सल्लाहकार मोहन कार्कीले अबका दिनमा संस्थाले तय गर्नुपर्ने काम तथा समाज सेवामा पुर्याऊनु पर्ने योगदानका बारे चर्चा गर्नु भएको बताईएको छ । अधिवेशनको बन्दसत्रबाट नवलपरासी सेवा समाजको बिधान, बार्षिक प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको अध्यक्ष सजन लौडारीले बताउनु भयोे ।

Leave A Reply

Your email address will not be published.