Jilla Ban Notis

नवलपरासी सुनचादी व्यवसायि संघ बर्दघाट नगर कमिटी पश्चिम नवलपरासीको ५ औं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

0 31

बर्दघाट,पौष–२२
नवलपरासी सुनचादी व्यवसायि संघ बर्दघाट नगर कमिटी पश्चिम नवलपरासीको ५ औं साधारणसभा तथा तेस्रो अधिवेशन मंगलबार बर्दघाट २ चिसापानीमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष डिलबहादुर सुनारको अध्यक्षता, बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता तथा बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रबक्ता रविन्द्र विक्रम हमालको विशिष्ट आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले सुनचादी व्यवसायिहरुको पेशा मर्यादित र सौन्दर्यात्मक भएको तर समाजले हेर्ने दृष्टिकोण भिन्न भएको हुदा हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताउदै बर्दघाट नगरपालिकाले जहिले पनि उद्योगि व्यवसायिहरुका हक र हितका लागि अगाडी बढेको बताउनुभयो । साथै उहाले अर्को प्रसंगमा बोल्दै उद्योगिक व्यवसायि र व्यवसायको सुरक्षाको लागि नगरले बजार क्षेत्रमा सिसि क्यामराका साथै उज्यालो सहरका लागि बत्तीको व्यवस्थाका लागि योजना अघि सारेको बताउनुभयो ।
सोहि कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै हमालले सुनचादी जस्तो बहुमुल्य समानको पेशा भएको हुदा पेशाको सुरक्षा र सामग्रीको सुद्धतामा व्यवसायिहरु चनाखो हुनु पर्ने बताउदै आउने पुस्तालाई पनि पेशा हस्तान्तरण गर्न युवाहरुलाई यो पेशा प्रति आकर्षण गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा नवलपरासी सुनचादी व्यवसायि संघका सचिव प्रकाश कुमार सुबा,बर्दघाट बजार विकास समितीका अध्यक्ष शोभाकान्त कोइराला, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, इलाका प्रहरी कार्यलय बर्दघाटका प्रहरी प्रमुख हिम बहादुर केसी, नवलपरासी सुनचादी व्यवसायि संघका जिल्ला अध्यक्ष राजेन्द्र सुनार , नेपाल सुनचादी व्यवसायि संघका प्रदेश नम्बर ५ का सदस्य राजकुमार सुनार, संघका जिल्ला सल्लाहकार अर्जुन सुनार लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष डिल बहादुर सुनारले अध्यक्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष भोजराज विश्वकर्मा सागरले ७ लाख ६७ हजार रुपैया बराबरको आर्थिक आयव्य विवरण प्रस्तुत गर्दै रु ३ लाख ५० हजार बराबर सस्थाले बचत गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संघका कर्मचारी , कार्य समिती पदाधिकारी, ज्येष्ट नागरिक लगाएत संघलाई विविध तवरबाट सहयोग गर्नु हुनेलाई मायाको चिनो सहित प्रसंसापत्रले सम्मान गरिएको थियो । संघका उपाध्यक्ष लिल बहादुर सुनारको स्वागतमन्तव्य रहेको कार्यक्रमको संचालन सचिव भुपेन्द्र सुनारले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.