Jilla Ban Notis

नवलपरासी प्रहरीद्धारा १ लाख ९८ हजार बराबरको अबैध मालसमान बरामद

0 29

गौरीशंकर जयसवाल

परासी ९ श्रवाण

पश्चिम नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा अबैध माल सामान बरामद गरेको छ ।प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट भारतबाट अबैध रुपमा नेपाल भित्राउदै गरेको अवस्थामा १ लाख ९८ हजार बराबरको अबैध मालसमान बरामद गरेको हो । सिमा प्रहरी चौकी महेशपुरको् प्रहरी टोलीले पाल्हीन्दन गाउँपालिकाको वडान १ रमपुवारबाट भारतबाट अबैध रुपममा नेपाल भित्राउदै गरेको कुर्ता सरवाल कपडा ४ थान जेन्स टिर्सट १७१ थान,सपारी ३० केजी,खाने चक्र तेल५०० एम,एल २३ पिस करिब १लाख २ हजार बराबराको बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए ।

उनको अनुसार उक्त सामान भारतबाट नेपाल मोटरसाईकलमा लोड गदै गर्दा प्रहरी देखे पछि मोटरसाईकल छोडेर तस्कार भगेका थिए ।

यस्तै सरावल गाउँपालिकाको वडानं ७ बरगदवाट भुजहवा प्रहरी चौकीको टोलीले आठ हजार बराबरको मटर एक सय केजी बरामद गरिएको डिएसपी लामाले बताए ।बासहीया प्रहरी चौकीको टोलीले प्रतापपुरको वडानं ५ बसहीयाबाट ८हजार बराबरको मुल्य पर्ने एक सय केजी मटर पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिकाको वडानं ५ गेर्माबाट गेरमी प्रहरीचौकीले १० हजार ८ सय मुल्यबराबरको २ बोरा ६० केजी माछा पक्राउ गरेको डिएसपी लामाले जानकारी दिए ।

पक्राउ गरिएको माछा स्थानिय जनप्रतिनीधी सञ्चारकमी पशुक्वारेटाईनका प्रतिनिधी रोहबरमा खाल्टो खनी नष्ट गरिएको बताए । त्यस्तै महेशपुर सिमा प्रहरी चौकीले पाल्हीन्दन गाउँपालिकाको वडानं १ शंकरपुरस्थित ब्रहा केवटको घरमा लुकाईछिपाई राखेको र खोजतलास गदै गरेको अवस्थामा हरियोमटर १४ बोरा बरामद गरिएको प्रहरीले जानएको छ । प्रहरीले घरधनी केवटलाई नियन्त्रणमा लिई आवश्यक कर्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको डिएसपी लामाले बताए ।

Leave A Reply

Your email address will not be published.