Jilla Ban Notis

नवलपरासी नेपाली जनता समुहद्धारा मोटर साईकिल र्याली सम्पन्न् ।

0 46

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२४
नवलपरासी नेपाली जनता समुहले आज बर्दघाटको त्रिवेणी चोक (टि.सि.एन.) बाट भूमहि,सुनवल हुदै बुद्ध चोक परासी सम्म मोटर साईकिल र्याली सम्पन्न् गरेको छ ।
हिन्दु राज्य घोषणा गर्नु पर्ने र राजसंस्थाको पुर्नस्थापना हुनु पर्ने माग राख्दै नवलपरासी नेपाली जनता समुहले आज सो र्याली गरेको थियो । राप्रपा निकटका नेताहरुले र्यालीको संयोजन गरेको भएपनि र्यालीमा भने सबैपार्टीका ब्यक्तिहरुले नेपाली झण्डा लिएर र्यालीमा सहभागिता जनाएका थिए । र्यालीमा कुनै पनि पार्टीका झन्डा ,नारा तथा टिसटहरु प्रयोग भने भएका थिएनन् ।

सयौंको सख्यामा मोटर साईकलमा नेपाली झण्डा राखेर राज संस्थाको पुर्नवहाली गर,राजा आऊ देश बचाऊ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ,गणतन्त्रको खारेज गर जस्ता राजा र राष्ट्रियता सम्वन्धि नारा लगाउदै र्याली परासीको बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
परासीमा भएको कोण सभाको संचालन नवलपरासी नेपाली जनता समुहका सदस्य उपेन्द्र गौतमले संचालन गर्नु भएको थियो भने कोण सभाालाई नवलपरासी नेपाली जनता समुहका सदस्य मिलन श्रेष्ठ, राम भवन यादव र नेपाली जनता समुहका मुख्य अभियान्ता अनिल बाबाले सम्वोधन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.