Jilla Ban Notis

नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा संघ र प्रदेश सबै नेपाली कांग्रेसको हातमा

0 101

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१०
नवलपरासी निर्वाचन क्षेत्र नं।१ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुबै सिटमा नेपाली कांग्रेसले सफलता हांसिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा  नेपाली कांग्रेसका बिनोद चौधरी र प्रदेशसभाको (क) बाट नेपाली कांग्रेसका विश्वप्रेम पाठक र (ख) बाट नेपाली कांग्रेसका देवकरण कलवार (सन्तु) विजयी भएसंगै निर्वाचन क्षेत्र नं. १ मा नेपाली कान्ग्रेसले सबै बाजीमारेको छ ।

बिनोद चौधरीले जनता प्रगतिशील पार्टी का अध्यक्ष हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । उहांले २९ हजार ४ सय ९५ मत ल्याउनु भएको छ भने हृदेश त्रिपाठीले २२ हजार ३ सय ८ मत ल्याउनु भएको छ ।
त्यसैगरी मतगणनाको शुरुमा चर्चामा आउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ले १२ हजार ४ सय ९९ मत ल्याएर तेस्रो हुन सफल हुनु भएको छ ।

यता
प्रदेशसभा तर्फ (क) मा नेपाली कांग्रेसका विश्वप्रेम पाठकले एमालेका पुण्य प्रसाद पौडेललाई २ हजार १ सय २० मतान्तरले पराजित गर्दै आफु विजयी हुनु भएको छ । पाठकले १५ हजार ४ सय ३६ मत ल्याउदा एमालेका पुण्य प्रसाद पौडेलले १३ हजार ३१६ मत ल्याउनु भएको थियो ।

त्यसैगरी प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेसका देवकरण कलवारले जनमत पार्टीका असरफ अलि चुरिहारलाई २ हजार १ सय ९८ मतको अन्तरले पराजित गर्दै आफु विजयी हुनुभएको छ । कलवारले ११ हजार २ सय ८४ मत ल्याउदा चुरिहारले ९ हजार ८६ मतल्याउनु भएके थियो भने एमालेका दीपकराज शर्माले ७ हजार ५ सय ७८ मत ल्याउनु भएको थियो ।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा कुलमतदाता संख्या १ लाख १८ हजार २ सय ५० जना रहेपनि मंसीर ४ गते भएको निर्वाचनमा भने ८४ हजार ३ सय २३ मतमात्र खसेको थियो ।

Leave A Reply

Your email address will not be published.