Jilla Ban Notis

नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी तालमेल टुट्यो ,सबैले आ–आफ्नै तरीकाले उमेदवारी दर्ता गराए ।

0 311

कृष्ण ढकाल
बर्दघाट,असोज–२३
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेवाट संविद्यान सभा सदस्य सिन्धु जलेसा ( बुढाथोकी ) ले उमेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी गठवन्धनका तर्फवाट नेपाली कान्ग्रेसका नेता तथा नेपालका एक मात्र डलर अर्वपती विनोद चौधरीले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै पूर्व मन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दर्ता गराउनु भएको छ। यसअघिको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हवाट विजयी हुनुभएका त्रिपाठीले यस पटक पनि एमालेसंग नै चुनावी तालमेल गरेर अघि बढ्ने बताए पनि सूर्य चिन्हवाट चुनाव नलड्ने भएपछि नेकपा एमालेले संविद्यान सभा सदस्य सिन्धु जलेसा ( बुढाथोकी ) लाई अघि बढाएको हो।

प्रतिनिधि सभा सदस्यका लागि अर्वपती विनोद चौधरी र पूर्व मन्त्री हृदेश त्रिपाठी विच कडा प्रतिस्प्रद्या हुने अनुमान गरीरहदा उमेदवारी दर्ताका क्रममा भने गठवन्धनको कुनै वास्ता नै नगरी सबै पार्टीका नेताहरुले स्वतन्त्र भन्दै उमेदवारी दर्ता गराएपछि प्रतिनिधि सभा सदस्यका लागि सबै गरेर २१ जनाको उमेदवारी परेको छ भने प्रदेश सभा सदस्यका लागि क मा १७ जना र ख मा १२ जनाको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय बर्दघाटले जनाएको छ ।

बेलुका ८ ः ४५ बजे भएको फाईलन रिर्पोट अनुसार पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभाका लागि कुल ५० जानको उमेदवारी दर्ता भएको छ ।
त्यसैगरी
प्रदेश सभाका लागि क बाट नेकपा एमालेको तर्फवाट पुन्य प्रसाद पौडेल र गठवन्धनका तर्फवाट नेपाली काँन्ग्रेसका विश्व प्रेम पाठकले उमेदवारी दिनु भएको छ । तर गठवन्धनमा सहकार्यको समस्या देखिएकाले गठवन्धनका सबै पाटीैले आ–आफ्ना पार्टीवाट स्वतन्त्र भन्दै उमेदवारहरु खडागरी मनोनयन दर्ता गराएका छन् ।

उता पश्चिम नवलपरासी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कान्ग्रेसवाट देबेन्द्र राज कंडेल र नेकपा एमालेबाट दिपेन्द्र कुमार अधिकारीको प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दर्ता भएको छ ।

Leave A Reply

Your email address will not be published.