Jilla Ban Notis

नवलपरासी जिल्ला प्रहरीले भेटायो हराएको मोटरसाईकल ।

0 59

सहबान अन्सारी
प्रतापपुर,असार–३१
रुपन्देहीवाट हराएको मोटरसाईकल नवलपरासी प्रहरीले फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको छ । रुपन्देहीबाट करिब एक महिना अगाडी देवदह नगरपालिका वडा नं. ७ शितलनगर बस्ने चेतबहादुर रानाको घरको कम्पाउण्ड भित्र रहेको लु ३६ प ८८८३ नम्बरको १८० सी.सी.को पल्सर मोटरसाईकल यहि असार १ गते राती देखी हराएको थियो। उक्त मोटरसाईकल प्रहरी गस्तीकोे क्रममा असार २५ गते बिहिवारको दिन सुनवल –परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका वडा नं.९ स्वाठी नजिकै सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारे पछि उक्त मोटरसाईकलको सम्पुर्ण बिवरणको आधारमा सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

नवलपरासीको सिमावर्ती क्षेत्रबाट ८२ हजार ७ सय बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधवार बिहान प्रतापपुर गाउँपालिका वडा नं. ९ प्रतापपुर पुल नजिकै भारतबाट अबैधरुपमा ल्याउदै गरेको २७ हजार बराबरको लेडिज कपडा ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो । यसै गरी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरमा नेपालबाट भारत तर्फ अबैधरुपमा लैजादा गर्दा २६ हजार मुल्य बराबरको ७ बोरा मटर ( केराउ) ईलाका प्रहरी कार्यालय अमानीगंजले नियन्त्रमा लिएको हो । यसै गरि दिउँसो पाल्हीनन्दन गाउँपालिका वडा नं. १ सिमावर्ती क्षेत्रबाट २० हजार बराबरको ५ बोरा मटर (केराउ) सिमा प्रहरी चौकीले नियन्त्रमा लिएको हो। साथै पाल्हिनन्दन गाउँपालिका वडा नं.५ चमनटोलाबाट भारतबाट अबैधरुपमा भंसार छली ल्याउदै गरेको ९ हजार ७ सय ५० रुपया बराबरको १५० किलो चिनी प्रहरी चौकी गेरमीले नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले जानकारी दिए । बरामद गरिएको सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

#मोटरसाईकल #प्रहरी

Leave A Reply

Your email address will not be published.