Jilla Ban Notis

नवलपरासी जिल्ला प्रहरीद्धारा २१ लाख ४ हजार ३ सय रुपैँया बरावरको युरिया मल बरामद ।

0 17

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२४
नवलपरासी जिल्ला प्रहरीले आज १ सय ४९ बोरा अवैध युरिया मल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले रामग्राम नगरपालिका–५ वाईपास चोकबाट उक्त मल नियन्त्रणमा लिएको थियो । दुई वटा बोलेरो पिकअप गाडीमा भारतवाट न्ेपालतर्फ ल्याउदै गरेको २१ लाख ४ हजार ३ सय रुपैँया बराबरको अबैध युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४ च ८३८८ र ना ५ च २९२६ नं। को बोलेरो पिकअप गाडीलाई रोकी सोधपुछ गर्ने क्रममा अवैध युरिया मल भएकाले नियन्त्रणमा लिईएको जिल्ला प्रहरीले बताएको छ ।
अहिले बजार मुल्यअनुसार दुई वटा गाडीको मल २१ लाख ४ हजार ३ सय रुपैँयाको सामान बरामद भएको प्रहरीले बताएको छ । बरामद  मल प्रति बोरा ५० के जीका दरले १४९ बोरामा ७४५० के जी
साथैप्रति बोरा ७ सयका दरले १ लाख ४ हजार ३ सय म,य बराबर र प्रति िपकअप १० लाखका दरले २ वटा ु िपकअपको २० लाख गरी जभ्मा २१ लाख ४ हजार ३ सय बराबर रहेको छ ।
बरामद गरिएको मल पोखरातर्फ लैजान लागिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । नियन्त्रणमा लिएको दुईवटा पिकअप, दुई जना चालक र १ सय ४९ बोरा युरिया मल आजै आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.