Jilla Ban Notis

नवलपरासी जिल्लामा स्थानिय तहवाट प्रदान गरीने सेवा प्रभावित ।

0 17

कृष्ण ढकाल
बर्दघाट,असोज–२८
नवलपरासी जिल्लाका स्थानिय तहका प्रमुख तथा कर्मचारीहरुलाई कोरोना संक्रमण भएसंगै स्थानिय तहवाट प्रदान गरीने सेवा प्रभावित भएको छ ।
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई कोरोना संक्रमण भएसंगै बर्दघाट नगरपालिकामा आज देखि अत्यावशिकय सेवा वाहेकका सबै सेवा तत्काललाई बन्द गरीएको छ । त्यसैगरी सुनवल नगरपालिकालमा पनि कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि नगरपालिकावाट प्रदान गर्ने अत्यावशिकय सेवा वाहेकका सबै सेवा तत्काललाई बन्द गरीएको छ ।

उता पाल्हिनन्दन गाउंपालिकाका प्रमुख प्रसासकिय अधिकृतलाई पनि कोरोना संक्रमण भएपछि गाउंपालिकाले प्रदान गर्ने अत्यावशिकय सेवा वाहेकका सबै सेवा तत्काललाई बन्द गरीएको गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बतानउु भएको छ ।
यसरी पालिकामा नै कोरोना संक्रमण हुनेको संख्या बढ्न थाले पछि अन्यत्र झन बढी भै नियन्त्रण गर्न नसकिने देखिए पछि आज वाट बर्दघाट नगरपालिकाले कोभिड –१९ को महामारीबीच सञ्चालनमा आएका विद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण दर बढ्दै जाँदा विद्यालयमा आएका विद्यार्थीलाई जोगाउन गाह्रो हुने भएकाले आजदेखि नै विद्यालयमा भौतिक उपस्थितिमा गरिएको पठन पाठन बन्द गर्न निर्देशन दिएको छ । तर विद्यालयमा गरिने सिकाइ सहजीकरण बन्द गरी वैकल्पिक विधिबाट सिकाइ सञ्चालन गर्न र कक्षा ११ को परिक्षा भने संचालन गर्न रोक लगाईएको छैन ।

उता सुनवल नगरपालिकाले पनि असोज २६ गतेदेखि सिकाइ केन्द्र तथा विद्यालयमा भइरहेको पठनपाठनमा रोक लगाइसकेको नगर उपप्रमुख दधिराम अर्यालले बताउनु भएको छ । यता सरावल गाउँपालिकाले पनि महामारीलाई ध्यानमा राखी सबै विद्यालय बन्द गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.