Jilla Ban Notis

नवलपरासीवाट ३ जनाले सफत ग्रहण गरे वांकीले पछि गर्ने ।

0 88

कृष्ण ढकाल
बर्दघाट,पुष–७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहको भेलाले एकता महाधिवेशन आउदो २०७८ सालको मंसिर २ गते गर्ने निर्णय गरेको छ । त्यसैगरी महाधिवेशनका लागि नवलपरासी जिल्लावाट पनि महाधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । मनोनित भएका हरु मध्ये बिमला अर्याल,सरीता खनाल र रामलखन हरिजनले आज नै सफतग्रहण समेत गरी सक्नु भएको छ भने वांकी अन्य सदस्यहरुले पछि सफतग्रहण गर्ने बताईएको छ ।
नवलपरासीवाट एकता महाधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा बिमला अर्याल,सरीता खनाल , रामलखन हरिज,भगवती भण्डारी,विरेन्द्र यादव,तुलसी प्यासी,बद्री खनाल,थान प्रसाद गैरे ,वृहस्पति अधिकारी लगाएतको नाम चर्चामा रहेको छ ।

Leave A Reply

Your email address will not be published.