Jilla Ban Notis

नवलपरासीमा ६३ लाख बढीको अवैध चिनी बरामद

0 77

हरि शर्मा
परासी,पौष–३०
नवलपरासीको रामग्राम नगरपालिका–८ लोसहडास्थित एक पोल्टी फर्म९कुखुरा फर्म०बाट ६३ लाख बढीको अवैध चिनी बरामद भएको छ। सुराकीको आधारमा चिनी बरामद गर्न शुक्रबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको २६ नं। हेड क्वाटर र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोली पोल्ट्री फर्म पुगेको थियो।

करिब चार सय बोरा चिनी रहेको सुराकी पाएर गएको संयुक्त टोलीले फर्मभित्र १६ सय बढी बोरा लुकाएको अवस्थामा फेला पार्‍यो। सशस्त्र र नेपाल प्रहरीका ट्रक ९पिकअप० मा चिनी लैजान सम्भव नभएपछि प्रहरीले व्यवसायीलाई फोन गरेर भाडामा ट्रक पठाउन अनुरोध गरे। व्यवसायीहरु खुसी भएर ट्रक पठाए।

तर आउँदै गरेको ट्रक बीच बाटोबाटै फर्किए। ट्रक नआएपछि प्रहरीले व्यवसायीलाई फोन गर्दा चिनी कारोबारमा संलग्न व्यक्तिले धम्काएको सुनाए। उनीहरुले ुट्रक पठाए भोलि जे पनि हुन्छ। खुरुक्क ट्रक फर्काउ’ भनेर धम्काएका उनीहरुको भनाइ छ।

एक ट्रक व्यवसायीको भनाइ उद्दृत गर्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेयले भने। २(३ वटा ट्रक तस्करले अवरोध गरेर फिर्ता पठाएपछि प्रहरीलाई तनाव सृजना भएको पाण्डेयले भने।
‘रातको समय छ। तस्करले जे पनि गर्न सक्छन्। तै पनि हामी तयारी अवस्थामा नै थियौं। ट्रक नआएपछि शसस्त्र र नेपाल प्रहरीको ‘वान टन’ गाडी ९सानो पिकअप ट्रक० मगाएर रातभरि चिनी जिल्ला प्रहरी कार्यालयमा अनलोड गर्दै ओसारपसार गर्‍यौं,’ पाण्डेले भने।

प्रहरीको दुई वटा गाडीमा एक पटकमा जम्मा १५० बोरा मात्र चिनी लोड हुन्छ। ठूलो परिणाामको चिनी ओर्सान राति १० बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागेको डिएसपी पाण्डेले बताए । ‘ रातमा चिनी नउठाए बिहानको समयमा तस्करको मिलमतोमा गाउँले नै उठाएर अवरोध सृजना गर्न सक्ने संभावनालाई हेरेर आफ्नै गाडीले चिनी कार्यालयमा पठाएका हौं’, पाण्डेले भने।

यसअघि जिल्लाका सीमावर्ती क्षेत्रबाट अवैध सामान बरामद हुँदा तस्करहरुले गाउँले उठाएर प्रहरीमाथि आक्रमणका घटना हुने गरेका थिए। केही स्थानमा गोलीसमेत चल्ने गरेको थियो। त्यसैलाई मध्यनजर गर्दै सशस्त्र र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखेर चिनी ल्याएको उनले बताए। जिल्ला प्रहरी कार्यालयमा राखिएको चिनी शनिबार ट्रकमा लोड गरेर राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

स्थानीय धर्मेन्द्र यादवको पाल्ही एग्रो फर्मबाट बरामद भएको चिनीको परिमाण ८४१ क्विण्टल ९१६८३ बोरा० छ। ५० केजीको बोरा रहेको चिनीको मूल्य करिब ६३ लाख ११ हजार रहेको डिएसपी पाण्डेले बताए। चिनी बरामदपछि कुखुरा फर्मका सञ्चालक यादव भने फरार छन्।

चिनी बरामद भएको स्थान सदरमुकाम परासीदेखि करिब ५ कि।मि।को दुरीमा छ। फर्मभित्र अवैध सामान फेला परेपछि त्यसका सञ्चालक पनि कानुनी दायरामा आउने र थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। बरामद चिनी र संलग्न व्यक्तिबारे आवश्यक अनुसन्धानसहित कारबाही प्रकृया अघि बढाउने राजश्व अनुसन्धान कार्यालयका शाखा अधिकृत होमराज पाण्डेले बताए। अवैध चिनी जफत हुने छ। संलग्न व्यक्ति पुष्टी भएपछि बिगो बराबरको जरिवानासहित कारबाही हुने पाण्डेले बताए।

सीमा नाकाबाट हुने अवैध कारोबारलाई नियन्त्रण गर्न नसकेको भन्दै केही दिनअघि जिल्ला प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेल र सशस्त्र प्रहरीका एसपी रुप कुमार क्षेत्री हेड क्वाटर तानिएका थिए। त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयले सीमा नाकाका चौकी इन्चार्जलाई समेत जिल्ला तानेको थियो। तस्करमा संलग्न भएको आशंकामा मातहतका प्रहरीलाई तानेको केही दिनपछि फेरि ठूलो परिणाममा चिनी बरामद भएको हो।

यसले सीमा क्षेत्रका चौकीमा पठाइएका नयाँ इन्र्चाजमाथि मिलमतोको आशंका उठेको बताइएको छ। ‘यति ठूलो परिणामको चिनी कहिलेदेखि आएर गोदाममा राखिएको भन्नेबारे अनुसन्धान भइरहेको र चौकी इन्चार्जको संलग्नता भएको पाइएमा कारबाही हुने डिएसपी पाण्डेयले बताए। @ अन्नपूर्ण

Leave A Reply

Your email address will not be published.