Jilla Ban Notis

नवलपरासीमा सवारी दुर्घटना दुई जना घाईते

0 38


सहबान अन्सारी

प्रतापपुर,फागुन २७

नवलपरासीको  प्रतापपुर वडा नं.६ श्रिरामपुरमा सवारी दुर्घटना हुदाँ दुई जना गम्भिर घाईते भएका छन । त्रिवेणी झुलनीपुर सडकखण्ड अन्तर्गत  प्रतापपुर देखी झुलनीपुर आउदै गरेको भारतीय नम्बर युपी ५६ वाई ३८३६ मोटरसाइकल अनियन्त्रित हुदा  मोटरसाइकल चालक र पछाडी सवार    प्रतापपुर गाउपालिका वडा न.९ बेलाटारी बस्ने अन्दाजी  वर्ष ३७  लक्ष्मण हरीजनलाई  गम्भीर भएका छन  त्यस्तै मोटरसाइकल  चालक बर्दघाट नगरपालिका  वडा न.१३ धनेवा बस्ने अन्दाजी  बर्ष २७  का अनिल हरीजन   सामान्य घाइते भएको प्रहरीले जनाएको छ।  दुर्घटना परि घाइतेहरूलाई उपचारको लागि सहिद स्मृति समुदायिक अस्पताल चौपता पठाईएको  सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ। दुर्घटना परि घाईतेहरुको छटपटाई  रहेपनि शसस्त्र प्रहरीको सवारी साधन करिब आधा घण्टा पछी पुगेको थियो। दुर्घटना शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट देखी करिब २ सय मिटर दुरीमा भएको थियो।

Leave A Reply

Your email address will not be published.