Jilla Ban Notis

नवलपरासीमा सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत ।

0 14

गौरीशंकर जयसवाल

परासी ८ पुष

पश्चिम नवलपरासीमा सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकरवालाहरुको बैठकले सडक दुर्घटना न्यूनिकारण कार्ययोजना स्वीकृत गरेको हो । सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालयका प्रशाकिय अधिकृत ज्योतीराज अर्यालको संयोजकत्वमा कार्यदलले बनाएको कार्ययोजना उक्त बैठकले कार्य योजना स्वीकृत गरेको प्रशासन कार्यालय नवलपरासीले जानएको छ । स्वीकृत कार्ययोजनामा तीन पाङ्ग्रे सवारी साधनको ऐन नियम बनाई व्यवस्थापन गर्ने, टिप्परलाई टाइम कार्डको व्यवस्था गर्ने, उल्लेख गरिएको छ । यस्तै ट्राफिक सचेतना वृद्धि गर्ने, ड्राइभिङ्ग इन्स्टिच्युट र प्रशिक्षार्थीको अनुगमन, सडक अतिक्रमण गरेर बसेका व्यक्तिहरुलाई तत्काल हटाउन कार्ययोजनामा समेटिएको छ । फुटपाथ व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन गर्ने र ओभरलोड नियन्त्रण, गर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।त्यस्तै सडक दुर्घटना न्यूनिकारण गर्नको लागि मिडिया सम्पर्क कार्यक्रम, पनि गर्ने र ट्राफिक कम्युनिकेशन एप्स तथा रिफ्रेस सेन्टरको स्थापना गर्ने मरासीनीले बताए। उक्त कार्ययोजना कार्यन्वयनबाट यसक्षेत्रमा सडक दुर्घटना न्यूनिकरणमा कम हुने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.