Jilla Ban Notis

नवलपरासीमा वास पत्रकार समूह जिल्ला समिति गठन

0 45

परासी, ७ चैत
पश्चिम नवलपरासीमा वास पत्रकार समूह जिल्ला समिति गठन भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ पश्चिम नवलपरासीको आयोजनामा आज सुनवलमा खानेपानी, सरसफाइ र स्वच्छता –वास)को क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
भेलाले राससका जिल्ला समाचारदाता मोहन पौडेलको अध्यक्षतामा जिल्ला समिति गठन भएको छ । नवगठित समितिको उपाध्यक्षमा दिपक खनाल(रेडियो सुनवल), सचिवमा मालति न्यौपाने(रेडियो परासी) चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा कृष्ण ढकाल(नेपाल टेलिभिजन), रमेश भुसाल(प्राईमटाईम टेलिभिजन), राज चौधरी(सगरमाथा टेलिभिजन), वेनिमाधव बस्याल(ग्लोबल आवाज), नन्दु कंवर(रेडियो सन्देश), रामु भुसाल(रेडियो दाउन्ने), गौरीशंकर जयसवाल(दैनिक लुम्बिनी) र ईन्दिरा विश्वकर्मा रहनुभएको छ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पत्रकारिता मार्फत जिल्लाको खानेपानी, सरसफाई र स्वच्छताको यथार्थ अवस्था,समस्या र समाधानका साथै आगामी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा सरोकारवाला पक्षलाई खवरदारी गर्ने कार्य शसक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
खानेपानी महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा उपाध्यक्ष तारा सुनारको स्वागतमा भएको उक्त कार्यक्रममा सुनवल नगरपालिका–४ का वडाध्यक्ष बीरबहादुर गुरुङ्, कार्यपालिका सदस्य शान्ता भण्डारी, पत्रकार गोपी ज्ञवाली, रेशम शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.