Jilla Ban Notis

नवलपरासीमा लुम्बिनी प्रदेश स्तरिय सि एच आइ टि एफ तेकवान्दो प्रतियोगिता हुने ।

0 65

बर्दघाट,चैत्र–३
पश्चिम नवलपरासीको बर्दघाट १२ भटवलियामा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि एच आइ टि एफ तेकवान्दो प्रतियोगिता हुने भएको छ । नवलपरासी चाङ हुन अन्र्तराष्ट्रिय तेकवान्दो संघ बर्दघाट १३ को आयोजनामा यही चैत्र ५ गते शनिबार बर्दघाट १२ भटवलिया स्थित बुद्धमंगल कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष नितेन कुमार रौनियारले महिला र पुरुष स्पेयरिंग र प्याट्न प्रतियोगिता अन्र्तगत महिलाहरुका लागी २० देखी २५ र ४५ देखी ५० किलो त्यस्तै पुरुषहरुका लागी २० देखी २५ र ६० देखी ६५ किलो एकल स्पेरिंग प्रतियोगिता र महिला र पुरुष एकल प्यार्टन प्रतियोगिता अन्र्तगत महिलाहरुका लागी पहेलो र रातो बेल्ट त्यस्तै पुरुषहरुका लागी पहेलो र ब्ल्याक बेल्ट प्रथम डन प्रतियोगिता हुनेजानकारी दिनुभएको छ ।

सो प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र ५० कास्य पदक रहने बताउदै प्रतियोगितामा लुम्बिनी प्रदेशका पाल्पा, रुपन्देही, गुल्मी अर्घाखाची र नवलपरासी पश्चिम गरि ६ जिल्लाका करिब २ सय ५० प्रतियोगिले भाग लिने जानकारी दिनुभयो । प्रतियोगितामा करिब साडे २ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष रौनियारले बताउनुभयो ।प्रतियोगिता मा उत्कृष्ट हुने प्रतियोगी लाई केन्द्रिय प्रतियोगिता मा सहभागी गराइने आयोजक ले जनायेको छ।

Leave A Reply

Your email address will not be published.