Jilla Ban Notis

नवलपरासीमा यातायात सेवा कार्यालय स्थापना

0 236

गोपी ज्ञवाली
सुनवल,साउन–२
नवलपरासी, साउन २ गते । पश्चिम नवलपरासीको सदरमुकमा परासी बैरिहवामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको छ ।
पश्चिम नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालयको अभावमा यातायातका सामान्य काम पनि गराउन रुपन्देहीको बुटवल जानु पर्ने बाध्यता रहेको अवश्थामा अहिले लुम्विनी प्रदेश सरकारको निर्देशनमा नवलपरासीको सदरमुकाम परासीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई परासीबाट सेवा दिन शुरु गरेको यातायात व्यवस्था सेवा कार्यालय परासी शाखाका प्रमुख नवलराज भन्डारीले बताउनु भयो ।

नवलपरासीको सदरमुकाम परासीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा स्थापना गर्नका लागि गत फागुन महिना देखी कार्यालय स्थापनाका लागि काम शुरु गरेको भए पनि यातायात व्यवस्था सेवा कार्यालयले गत असार १ गते देखी परासीको बैरिहवाको शाखा कार्यालयबाट सेवा दिन शुरु गरेको हो ।

परासीमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयबाट यातायातका साधनहरुको नविकरण, जाँच पास, पटके सेवा, बाटोको ईजाजत पत्र दिने लगाएतका सेवाहरु यस यातायात व्यवस्था सेवा कार्यालय परासीले सेवा प्रदान गर्ने गरि काम शुरु गरेको यातायात व्यवस्था सेवा कार्यालय परासीका केमिकल सुपरवाईजर लक्ष्मण साप्कोटाले बताउनु भयो ।

ठुलो जनसंख्या रहेको पश्चिम नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालय नहुदा नवलपरासीका सबै सेवाग्राहीहरु बुटवल धाउनु पर्ने बाध्यता विच अहिले परासीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा खुले पछि परासीको सेवा कार्यालयमा दैनिक जसो सेवाग्राहीहरुको घुईचो लाग्ने गरेको कर्मचारी साप्कोटाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.