Jilla Ban Notis

नवलपरासीमा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकारण तालिम सम्पन्न

0 92

गौरीशंकर जयसवाल

परासी ८ असार

पश्चिम नवलपरासीमा प्रजनन स्वास्थ्य सम्बन्धि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकारण तालिम दिईएको छ । रामग्राम नगरपालिका स्वास्थ्य शाखाले महिलाहरुमा देखिने प्रजनन स्वास्थ्य समस्याको बारे स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकारण तालिम दिईएको हो ।

महिलाहरुको प्रजनन उमेर १५ देखी ४९ उमेर समूहको महिलाहरुको गर्भवती हुने बेलाको सयम र समूहमा हुने रोग पाठेघरमा क्यान्सर पडग खस्ने,स्तनक्यान्सार महिनवारीसमस्यलाई न्यूनिकारण गर्न उद्येश्यले स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकारण तालिम दिएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट हरिजनले जानकारी दिए । समुदास्तरमा रोगहरु पहिचान गरी समयमा औषधी उपचारको दायरमा ल्याउनको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको हरिजनले बताए ।

तालिममा यौन स्वास्थ्य भनेको के हो ,प्रजनन स्वास्थ्यको रणनिती र प्रजनन अधिकार, यौेन प्रजनन अधिकार , यौन तथा प्रजनन स्वास्थ्यको महत्वको बारे सुक्रौली स्वास्थ्यसंस्थाका प्रमुख बलराम सापकोटाले सहजिकरण गरेका थिए । तालिममा २५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको हेल्थ असिस्टेन्ट चन्द्रभान यादवले जानकरी दिए । यस्तै बिद्यालयका किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण ताालिम दिईएको छ । रामग्राम नगरपालिका स्वास्थ्य शाखा आयोजनामा तालिम बिशेष गरी सदरमुकाम क्षेत्र बाहिरको समुदायिक बिद्यालयको किशोर किशोरीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । किशोरकिशोरीहरुलाई महिनवारी बेला सरसफाईको ज्ञान र ध्यान गर्ने उदेश्यले तालिम दिईएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट हरिजनले जानकारी दिए । तालिम रामग्राम नगरपालिकाका उपप्र्मुख सम्झना चौधरीको अध्यक्षता भएको थियो ।

तालिममा किशोकिशोरीहरुको प्रजनन स्वास्थ्य ,लागुऔषध महिवारी सरसफाई यौन प्रजनन स्वास्थ्यको बारेमा सुक्रौली स्वास्थ्यसंस्थाका प्रमुख बलराम सापकोटाले सहजिकरण गरेका थिए । बिवाह गर्न अवस्थामा गर्भतपनको बारेमा हेल्थ असिस्टेन्ट चन्द्रभान यादव र यौन रोग एचआईभि एडसको बारेमा तालिम प्रदान गरेका थिए । तालिममा सामुदायिक बिद्यायलका ५० जना किशोरकिशोरीहरुको सहभागिता रहेकोे थियो ।

Leave A Reply

Your email address will not be published.