Jilla Ban Notis

नवलपरासीमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमण मुक्त

0 28

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–११
नवलपरासी जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सगै नवलपरासी जिल्लामा कुल २ हजार २ सय २२ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नम्वर ४ कि ४६ बर्र्षीय महिला र पाल्हिनन्दन गाउँपालिका वडा नम्वर–१ का ५५ बार्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
यो सँगै नवलपरासी जिल्लामा कोरोना भाइरस संक्रमणका कारण १ सय २१ जनाले ज्यान गुमाई सकेका छन ।

त्यसैगरी नवलपरासी जिल्लामा पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमण थपिएसंगै अहिले सम्म ३ हजार ७ सय ४ जना कोरोना भाइरस संक्रमण हुनेको संख्या पुगेको छ।

Press Release COVID 19 Daily Report 2078-2-11 

Leave A Reply

Your email address will not be published.