Jilla Ban Notis

नवलपरासीमा नेकपा एस छोडेर एमाले फर्कीदा जिल्ला ,नगर र वडा कमिटि रित्तीयो ।

0 454

बर्दघाट,असोज–८
नेकपा एसको युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटी र नगर कमिटि सहित नेकपा एस बर्दघाट ४ नं.वडा कमिटि पुरै नेकपा एमालेमा फर्किएको छ । नेकपा एमाले बर्दघाट नगर कमिटिले उनीहरुलाई एक कार्यक्रमका विच पार्टीमा पुनः प्रवेश गराउनुका साथै स्वागत समेत गरेको छ ।

घर फर्क अभियानमा नेकपा एसको युवा संघ नेपाल जिल्ला कमिटी का अध्यक्ष मोहन बि.क.,उपाध्यक्ष युवक नेपाली,सचिवालय सदस्य ललीत सुवेदी,सन्तोष पछाई लगाएत २३ जनाको पुरै कमिटि नै नेकपा एमालेमा प्रवेश गरेको जिल्ला कमिटी का अध्यक्ष मोहन बि.क.ले बताउनु भएको छ ।

त्यसैगरी नेकपा एसको युवा संघ नेपाल बर्दघाट नगर कमिटिका विशेद वि.क.,कृष्ण थापा संजय परियार लगाएतको ४२ जनाको पुरै कमीटी र नेकपा एस बर्दघाट ४ नं.वडा कमिटिका सबै नेकपा एमालेमा प्रवेश गरेको अध्यक्ष बि.क.ले जानकारी दिनु भएको छ ।

 

नेकपा एमाले बर्दघाट नगर कमिटिका अध्यक्ष रबिन्द्र विक्रम हमालको अध्यक्षता र नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई पार्टी प्रेश गराईएको थियो । प्रवेश कार्यक्रममा बोल्दै जिल्ला ईन्चार्ज खनालले हिजोको जस्तो आज पार्टीमा नरहेको बताउदै अब टुट र फुटमा नलागेर सबैजना नेकपा एमालेमा एकजुटको अभियानमा लागन् आग्रह गर्नु भएको थियो ।

त्यसैगरी पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले अब नेकपा एमाले नवलपरासी पार्टीमा मिहिनेत गरेका साथीहरुलाई पहिले कहिकतै मनमुटाव भएको भएपनि अब त्यसलाई सच्चाएर घरर्फक अभियानमा लागेर स्वागत गर्ने कार्यमा सबै लाग्नु पर्ने बताउनु भएको छ । बर्दघाटवाट नगर कमिटिले शुरु गरेको घरर्फक अभियान अब जिल्लामा ब्यापक बनाउन सबैलाई आग्रह समेत गर्नु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश कमिटि सदस्य पुन्य प्रसाद पौडेल,जिल्ला सचिव धिरज शर्मा,युवा संघ नेपाल जिल्ला संयोजक राम प्रसाद भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.