Jilla Ban Notis

नवलपरासीमा निषेधाज्ञाको अटेरी बढेपछि मेयर ,सीडीओ र एसपी सडकमा उत्रिए ।

0 24

गाैरीशकर जयसवाल
परासी १जेठ
स्थानीयबासीहरूले निषेधाज्ञालाई अटेरी गर्न थालेपछि जनगुनासाे बढेपछि पश्चिम नवलपरासीमा आज देखि निषेधाज्ञामा कडाई गरिएकाे छ । स्थानीयबासीहरूले निषेधाज्ञालाई अटेरी गर्न थालेपछि परासीमा एक एक रामग्राम नगरपालिका मेयर , जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक आफैं सडकमा निस्केर कडाई गरेका हुन ।
रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता ,जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय,प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रा , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसि लगायतका सुरक्षाकर्मिहरू निषेधाज्ञालाई पालना गराउन चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरि निषेधाज्ञालाई कडाई गरिएकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले जानकारी दिए ।

निषेधाज्ञाको अटेरी बढेपछि मेयर ,सीडीओ र एसपी सडक

स्थानीयहरुले विभिन्न बहाना बनाउँदै अटेरी गरेर हिड्न थालेपछि रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ता ,जिल्ला समन्वय समितिका प्रमुख शिवशकर राय प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी उपरीक्षक अजय केसी लागयतको सुरक्षा टोली सडकमा निस्केर निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीकाे अनुसार परासीबुद्वचाेक, लाेकतान्त्रिक चाेक, मालपोत कार्यालय रामग्राम नगरपालिका कार्यालय आसपास र गाेपिगन्ज ऐरिकाे विभिन्न ठाउँमामा बसेर आटेरि गर्ने स्थानीयहरुले विभिन्न बहाना बनाउँदै अटेरी गरेर हिड्ने व्यक्तिहरूलाई १ घण्टा राेकेर समझाई बुझाई छाेडिएकाे बताए ।माेटरसाईकलमा बिना काम बाहिर हिड डुल गर्नेलाई त्यहि स्थानमा २ घण्टा उभ्याउने गरिएकाे त्यसपछि छाडिने गरिएकाे केसिले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले आजदेखि लागु हुने गरी निषेधाज्ञामा कडाई गरेको छ । प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको छ ।जिल्लामा संक्रमणको अवस्था भयावह बन्दै गएपछि यसअघि लगाईको निषेधाज्ञामा कडाई गरिएको हो । यसअघि बिहान ३ घण्टा पसल व्यवसायहरु खुला गर्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाहरुलाई दिन मिलाएर खुला गर्न दिइएको थियो ।

Leave A Reply

Your email address will not be published.