Jilla Ban Notis

नवलपरासीमा तीन वटा पानी उद्योगमा सिल ।

0 30

गौरीशंकर जयसवाल

परासी १६ श्रवाण
पश्चिम नवलपरासीमा तीन वटा पानी उद्योगमा खाद्य प्राबिधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी तथा खाद्य प्राबिधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले उक्त उद्योगहरुमा शिल गरेको हो ।

रामग्राम नगरपालिकाको वडानं १५ स्थित रहेको सुक्रौलीको साईवाटर ईन्डष्ट्रीज,पाल्हीनन्दन गाउंपालिका वडानं ३ मा रहेको सितल जल पानी उद्योग र पाल्हीनन्दनकै त्रिबेणी अक्वा ईन्डष्ट्रीजमा सिल गरिएको खाद्य प्राबिधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक श्रवाण ढुङ्गानाले जानकारी दिए ।

उत्पादनको लागि अपनाउनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको पाईएकाले ती पानी उद्योगमा सिल गरेको ढुङ्गानाले बताए । समयमा पानी उद्योगहरु उत्पादन सम्बन्धी मापदण्डहरु पूरा नगर्ने र लेबलिङ्ग स्वाचालित मेसिनबाट जार सफा गर्न लापरवाही देखिएकोले ती उद्योगहरुलाई उत्पादन बन्द र उद्योग सिल गरीएको जिल्ला प्रशासन कार्यालय परासीका प्रशासकीय अधिकृत सागार के.सीले बताए ।

खाद्य प्राबिधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाले तीनवटै उद्योगबाट पानीको सिम्पल पनि लगेको छ । पानी उत्पादन मादण्ड बिपरीत भएको पाईएमा दण्ड जारिवना र कर्वाही गर्ने खाद्य प्राबिधी तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । उद्योगहरुलाई मापदण्ड अनुसार सुधार गर्नुपर्ने,उद्योगमा टायल बिझाउन र सरसफाई राख्न टोलीले निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.