Jilla Ban Notis

नवलपरासीमा झुण्डिएको शवको पहिचान खुल्यो

0 17

सहबान अन्सारी

प्रतापपुर,माघ–२१

नवलपरासीमा आज बिहान झुण्डिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।  प्रतापपुर गाँउपालिका वडा नं ८ फटकी टोलमा बद्रीघाट नर्सही सडकखण्डको करिब सय मिटर दक्षिण तर्फ रुखमा झुण्डिडएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ। मृत अवस्थामा झुण्डिएको शव बर्दघाट नगरपालिका वडा नं. ४ बर्दघाट बस्ने ५२ बर्षिय जिवलाल घिमिरेको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । स्थानियवासीहरुले रुखमा शव झुन्डीएको अवस्थामा देखि पछि प्रहरीलाई खवर गरेका थिए । मृत अवस्थामा भेटिएका घिमिरेको घटनास्थल देखी सय मिटर उत्तरतर्फ सडकको छेउमा गए राति बेवारिशे अवस्थामा लु ४६ प ६१६१ नम्बर भएको मोटरसाईल  घिमिरेले प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ।  शवलाई पोष्टमार्टमको लागी पठाईएको घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

No Comments
  1. manoj bhattari says

    समाचार लेख्नेले लेखे पठाउनले पठाए तर सम्पादन कक्षमा बसृेर सम्पादन गर्ने साथिथहरुले यस्तो तस्विर नहालेको भए राम्रो हुने थियो सम्पादक ज्यु

Cancel Reply

Your email address will not be published.