Jilla Ban Notis

नवलपरासीमा जारी ५औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगितामा नवलपरासी ११ फाईनलमा प्रबेश ।

0 29

कृष्ण ढकाल
बर्दघाट,फागुन–४
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्वर १६, सुर्यनगरमा जारी ५ औं सुर्यनगर गोल्डकप फुटबल प्रतियोगितामा नवलपरासी ११ फाईनलमा प्रबेश गरेको छ । आइतबार भएको नवलपरासी ११ र फर्साटिकर फुटबल क्लब रुपन्देही विचको खेलमा शुन्यका विरुद्ध १ एक गोलगरी नवलपरासी ११ फाइनलमा प्रबेश गरेको छ । नव युवा क्ब सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा सुर्यनगर रंगशालाको खेल मैदानमा जारी प्रतियोगिताको आइतबार भएको खेलमा नवलपरासी ११ का जर्सी नमबर १७ का टिम क्याप्टन सबि गुरुंगले दोस्रो हाफको ११ औ मिनेटमा गोल गर्न सफल भएका थिए । टिम क्याप्टन सबि गुरुंगले दोस्रो हाफको ११ औ मिनेटमा गरेको गोल नै नवलपरासीका लागि निर्णायक बन्न् पुगेको थियो ।  त्यस्तै सोमबार सेमिफाइनल खेलअन्र्तगत बागमती युथ क्लब सर्लाही ११ का झम्सी खेल युथ क्लब ललितपुर बीच खेल हुने आयोजकले बताएको छ । खेलको फाईनल प्रजातन्त्र दिवसको अवसरमा पारि फागनु ७ गते समापन हुने पनि आयोजकले जनाएको छ ।


प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजयी हुने टिमले ३ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाेकृष्ट खेलाडीले ५ हजार, सर्वा्धिक गोलकर्ताले ५ हजार,उत्कृष्ट गोलरक्षकले ५ हजार,उत्कृष्ट मिड फिल्डरले ५ हजार र उत्कृष्ट डिफेन्सले ५ हजार पुरस्कार पाउने छन् ।

Leave A Reply

Your email address will not be published.