Jilla Ban Notis

नवलपरासी प्रहरीद्धारा खसी र मटर नियन्त्रणमा ।

0 18

सहबान अन्सारी
प्रतापपुर,साउन–४
नवलपरासीको सिमावर्ती क्षेत्रबाट १ लाख ४५ हजार बराबरको अबैध खसी र मटर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार पाल्हिनन्दन गाउंपालिका वडा नं. २ स्थित नेपालबाट भारत तर्फ अबैधरुपमा लादै गरेको करिब ५५ हजार बराबरको ११ बोरा मटर( केराउ) नियन्त्रणमा लिएको छ ।
यसैगरि सरावल गाउंपालिका वडा नं. ७ भुजहवामा भारतबाट नेपाल तर्फ अबैधरुपमा ल्याउदै गरेको करिब ९० हजार बराबरको ६ वटा खसी सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको मटर (केराउ) र खसी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए।

Leave A Reply

Your email address will not be published.