Jilla Ban Notis

नवलपरासीमा कोभिड–१९ संक्रमितको संख्या ४ सय ३२ पुग्यो ।

0 51

फुलकुमारी ढकाल
बर्दघाट,असोज–२
नवलपरासीमा आज सम्म कोरोना भाईरसको संक्रमण भएका संक्रमितको संख्या ४ सय ३२ पुगेको छ । जिल्लामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने ५ पुगेको छ । अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार जिल्लामा ६ हजार ४ सय ५४ जनाको स्वा संकलन गरिएकोमा ५ हजार ७ सय ७३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी २ सय ५५ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ले जानकारी गराएको छ । त्यसैगरी आजको मितिमा ९७ जना ब्यत्तिःहरु क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको तथ्याकमा उल्ल्ेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.