Jilla Ban Notis

नवलपरासीमा कोभिड–१९ संक्रमितको संख्या ८ सय १ पुग्यो । (पूर्ण विवरण सहित)

0 15

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१
नवलपरासीमा आज सम्म कोरोना भाईरसको संक्रमण भएका संक्रमितको संख्या ८ सय १ पुगेको छ । जिल्लामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने १० पुगेको छ । अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार जिल्लामा ६ हजार ८ सय ८१ जनाको स्वा संकलन गरिएकोमा ६ हजार १ सय ३९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने ८ सय १ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी १ सय ४६ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरीएको छ । त्यसैगरी आजको मितिमा ५८ जना ब्यक्तिहरु क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको जनाएको छ ।

आज अर्थात २०७७ कार्तिक १ गते पोजेटिभ देखिएकाहरु

रामग्राम नगरपालिका वडा नं. १ का ३० वर्षकी महिला १ जना , वडा नं. ५ की २८ वर्षकी १ महिला र वडा नं. १४ की ४५ वर्षकी १ जना महिला, वडा नं ९ का ५७ वर्षीय १ जना पुरुष, वडा नं ११ का २२ वर्षीय १ जना पुरुष, वडा नं ३ का ३९ वर्षीय १ जना पुरुष, वडा नं १ का ३१ वर्षीय १ जना पुरुष, वडा नं १४ कै २७ वर्षीय १ जना पुरुष, त्यस्तै वडा नं नखुलेके ६३ र ४५ वर्षीय २ जना पुरुष
बर्दघाट नगरपालिका वडा नं १ की ५२ वर्षीय महिला १ जना, वडा नं ४ का २८ वर्षीय १ जना पुरुष त्यस्तै वडा नं नखुलेका बर्दघाट नगरपालिकाकै वर्ष ८,२१,२२,२६,३२,४१,४३,४८ का ८ जना महिला, वर्ष ४,२८,३७,३८,३९ का ५ जन पुरुष
सुनवल नगरपालिका वडा नं १२ की ४३ वर्षीय १ जना महिला, वडा नं नखुलेके सुनवल नगरपालिकाकै वर्ष ३,२५,२६,६० का ४ जना महिला, सुनवल नपा वडा नं १२ का ४६ वर्षीय १ जना पुरुष, वडा नं १३ का ४३ वर्षीय पुरुष १ जना, वडा नं नखुलेका सुनवलकै वर्ष २७,३२,३८,५३,७२ का ५ जना पुरुष
सरावल गापा वडा नं २ का ३० वर्षीय १ जना पुरुष, सरावल गापा कै वडा नं नखुलेके ५६ वर्षीय १ जना महिला

Leave A Reply

Your email address will not be published.