Jilla Ban Notis

नवलपरासीमा कोभिड–१९ संक्रमितको संख्या ४ सय ९९ पुग्यो । (पूर्ण विवरण सहित)

0 37

कृष्ण ढकाल
बर्दघाट,असोज–५
नवलपरासीमा आज सम्म कोरोना भाईरसको संक्रमण भएका संक्रमितको संख्या ४ सय ९९ पुगेको छ । जिल्लामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने ५ पुगेको छ । अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार जिल्लामा ६ हजार ४ सय ६७ जनाको स्वा संकलन गरिएकोमा ५ हजार ८ सय ४१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने ४ सय ९९ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी १ सय ४० जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ले जानकारी गराएको छ । त्यसैगरी आजको मितिमा ९९ जना ब्यक्तिहरु क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको तथ्याकमा उल्ल्ेख गरीएको छ ।

आज अर्थात असोज ५ गते आएको रिर्पोट अनुसार पाल्हीनन्दन गाउपालिका वडा नं.४ मा २ पुरुष र वडा नं. ३ का २ पुरुष तथा १ महिला गरी ५ जनाको रिर्पोट पोजेटिभ आएको छ । त्यसैगरी सुनवल नगरपालिका वडा नं. ३ मा ३० जना पुरुष प्रहरीहरुको रिर्पोट पोजेटिभ आएको छ । उता
रामग्राम नगरपालिका वडा नं. ४ मा २ महिला र ४ पुरुष गरी ६ जनामको रिर्पोट पोजेटिभ आएको छ । त्यसैगरी रामग्राम नगरपालिका वडा नं. ९ मा २ महिला र वडा नं. ३ मा ३ पुरुष ३ महिलाको पनि कोरोना रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । त्यस्तै रामग्राम नगरपालिका वडा नं. १८ मा १ पुरुष र वडा नं. ११ मा ४ पुरुषको पनि कोरोना रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.