Jilla Ban Notis

नवलपरासीमा औद्योगिक करिडोरका लागि बिद्युत अपूर्तिगर्न सबस्टेशन जडान ः कुलमान घिसिङ ।

0 54

गौरीशंकर जयसवाल

परासी १९ पुस

नेपाल बिद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिडले नवलपरासीको बिभिन्न स्थानमा सबस्टेशन कार्य आगडि बढाइएको बताएका छन । पश्चिम नवलपरासीमा औद्योगिक करिडोरको रुपमा बिकासीत हुदै गएकोले यस क्षेत्रको बिद्युत अपूर्ति हुने गरी सबस्टेशन राख्ने कार्य आगडि बढाईएको बताएका हुन । आज पश्चिम नवलपरासीमा बिद्युत प्राधिकारण शाखा परासीको नवनिर्मित प्रशासनिका भवनको उर्दघाटन गदै घिसिडले यसक्षेत्रमा समस्याको रुपमा देखिएको बिद्युत चुवाट नियन्त्रण गर्न सम्बँिधत कर्मचारीहरु लागि परेको बताए । उनले न्यु बुटवल सब स्टेशन निर्माण भईरहेको र सुनवल हकुई मा पनि सव स्टेशन निर्माण हुने र गण्डक सव स्टेशनको पनि क्षमता वृद्धि गर्ने काम भईरहेको घिसिङ्गले जानकारी दिए । सबै सव स्टेशन निर्माण भएपछि उद्योगलाई आवश्यक एक सय ३२ केभि क्षमताको लाईन उपलब्ध गराईने भन्दै झ्याप्प लाईन काटिने समस्या पनि समाधान हुने उनले बताए । सूर्र्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्र मर्मत गरेर विद्युत उत्पादन क्षमता बढाउने काम भईरहेको बताउदै विग्रिएका टर्वाईनलाई मर्मत गरेर उत्पादन क्षमता बढाईने घिसिङ्गले तर गण्डक पावर हाउस पुर्ण क्षमतामा संञ्चालनमा आउन भने नसक्ने स्पष्ट उनको भनाई थियो ।गण्डक पावर हाउसको उत्पादन क्षमता १५ मेगावट भएपनि हाल झन्डै तिन मेगावाट मात्रै उत्पादन हुदै आएको छ । उक्त विद्युत केन्द्र पुर्ण क्षमतामा चलाउन पानी पर्याप्त नहुने र वर्षमा विभिन्न कारणले झन्डै चार महिना पानी बन्द पनि हुने भएकाले सो केन्द्रमा ठुलो लगानी गर्नुको अर्थ नभएको घिसिडले जिकीर गरे । हाल विग्रिएका दुई ओटा टर्वाईनलाई पनि मर्मत गरेर विद्युत उत्पादन क्षमता बढाउने गरी काम भईरहेको छ तर ठुलो अपेक्षा गर्न सकिदैन् घिसिङ्गले बताए । प्राधिकरण परासी शाखाको नवनिर्मित भवनको उद्घाटन गर्नुका साथै घिसिङ्गले महशुल काउन्टर र कार्यालयको समग्र निरिक्षण गरेका थिए । ९० लाख लागतमा निर्माण भएको भवन कार्यालयका विभिन्न शाखाका लागी उपयोग गरिने प्राधिकरण परासी शाखाका प्रमुख विजय महतोले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.