Jilla Ban Notis

नवलपरासीमा उखुकिसानद्वारा अन्दोलनको कार्यक्रम घोषणा

0 42
सहबान अन्सारी
प्रतापपुर,माघ–१३
नवलपरासीमा उखु उत्पादक कृषक समितिले विज्ञप्ती जारी गर्दै किसानहरुको बाकी भुक्तानी गराउनकोलागी अन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।   जिल्लामा नगदेबालीको रुपमा रहेको उखुको विगतका सालहरुमा चिनी मिलहरु द्वारा खरिद गरिएको उखुको करिब २५ करोड भन्दा बढी भुक्तानी बाकी रहेकोमा जिल्ला स्तरमा पटक(पटक सहमती सम्झौताहरु हुदाँ पनि उधोगपतिहरुले विगतको सालहरुको बाकी भुक्तानी नपाउदाँ किसानहरु कष्टकर जिवन यापन गर्नु पर्ने अवस्था रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। नेपाल सरकार र उखु किसान बिच पुस १८ गते उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा माघ ७ गते सम्म सम्पुर्ण भुक्तानी दिलाउने लिखित प्रतिबध्ता भएपनि उखु किसानहरुले हाल सम्म करोडौ भुक्तानी नपाउनु र नेपाल सरकारले गरेको लिखित प्रतिबध्ता पुरा गराउन नसक्नु दुखत पक्ष हो।   सबैको अभिभावकको रुपमा रहेको नेपाल सरकार नै उधोगपतीहरुको दास बनी रहेको र वर्तमान परिस्थिलाई हेर्दा उखु किसानहरु संग सडक संघर्ष बाहेकको विकल्प नरहेको हस्ताक्षरित मार्फत जनाईएको छ।

Leave A Reply

Your email address will not be published.