Jilla Ban Notis

नवलपरासीमा आज सम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुग्यो ।

0 22

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२९
नवलपरासीमा आज सम्म कोरोना भाईरसको संक्रमण भएका संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको छ । जिल्लामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने २८ पुगेको छ । अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार जिल्लामा ७ हजार २ सय ४४ जनाको स्वा संकलन गरिएकोमा ६ हजार ३ सय १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार३ सय ५२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी ७ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरीएको छ । आजको मिति सम्ममा कुनै पनि ब्यक्तिहरु पालिकाहरुले बनाएको क्वारेन्टाईनमा नरहेको र होम क्वारेन्टाईनमा मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको जनाएको छ ।

त्यसैगरी आज मात्र जिल्लाको सुनवल वडा नं. ५ का ३९ वर्षीय एक जना पुरुषमा कोरोना पोजेटीभको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.