Jilla Ban Notis

नवलपरासीमा अबैध मालसमान प्रहरीको नियन्त्रणमा

0 38
सहबान अन्सारी
नवलपरासी, १० साउन
नवलपरासीको सीमावर्ती क्षेत्रको बिभिन्न ठाउँहरुबाट १ लाख २१ हजार मूल्य बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार रामग्रान नगरपालिका वडा नं. ४ बाईपासमा भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको २५ किलो चिनी, ढोकाको कब्जा १८० पिस र सकेट पाईप ११६ पिस लगायतका मालसमान जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
    त्यसैगरि पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरमा नेपालबाट भारततर्फ लैजादै गरेको ६२ हजार ५ सय मुल्य बराबरको २४ बोरा मटर (केराउ) सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं.४ गेरमामा ४० हजार मुल्य बराबरको १३ बोरा मटर ( केराउ) प्रहरी चौकी गेर्मीले नियन्त्रणमा लिएको छ । उक्त मटर (केराउ) मानिसहरुले टाउकोमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु बोरा फाली भगेका थिए । नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.