Jilla Ban Notis

नवलपरासीबाट १३ बर्ष मुनीका १९जना खेलाडिहरु छनौट ।

0 60

रमेश भुसाल

सुनवल,फागुन–१४
जिल्ला फुटवल संघ पश्चिम नवलपरासीले १३ बर्ष मुनीको खेलाडी छनौट फुटवल प्रतियोगीता सम्पन्न गरेको छ । जिल्लाको सुनवल ३ कृर्तिपुर, बर्दघाट २ चिसापानी र सरावल १ गरि तिन ठाँउबाट १३ बर्ष मुनिका खेलाडिहरु छनौट गरि प्रदेश छनौटमा पठाएको जिल्ला फुटवल संघ नवलपरासीले जनाएको छ । छनौट खेलमा भाग लिएका ३ सय खेलाडिहरु मध्यबाट १९ जनालाई छनौट गरिएको जिल्ला फुटबल संघ पश्चिम नवलरासीका प्रशिक्षक जित बहादुर पुनले जानकारी दिनुभयो ।

छनौट भएका खेलाडिहरु प्रदेश छनौटमा भाग लिने छन् भने प्रदेशबाट छनौट भएका केन्द्रमा र केन्द्रमा छनौट भएकाहरु ए लेबलका आर्मि , पुलिस, सशस्त्र लगाएत क्लवहरुको एकेडमिबाट आफ्नो खेल यात्रालाई अगाडि बढाउने छन् ।

छनौट भएका अधिकांश १३ बर्ष मुनिका खेलाडिहरु एकेडमिमा पुग्ने प्रवल सम्भावन रहेको छनौट कमिटि संयोजक तथा जिल्ला फुटवल संघ नवलपरासीका कोषाध्यक्ष जितेन्द्र कुमार चौधरीको विश्वास रहेको छ । नवलपरासीलाइ फुटवलको हवका रुपमा विकास गर्नका लागी आफुहरु योजना वद्ध तरिकाले अगाडि बढेको जिल्ला फुटवल संघनवलपरासीका अध्यक्ष धन प्रसाद गुरुङले बताउनुभयो ।

कोरोना महामारीका विच पनि जिल्ला फुटवल संघले खेलाडिहरुको मनोवल उच्च राख्न खेलाडिहरुको लागी रहात लागाएत विविध कार्यक्रमहरु संचालन गर्दै आएको र आगामि दिनमा फुटवल खेल र खेलाडिहरुलाई थप हौसला, आत्मविश्वासका साथ प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ जिल्ला फुटवल संघ लागी परेको अध्यक्ष गुरुङको भनाई छ । फुटवलको उर्वर भुमि मानिएको पश्चिम नवलपरासीबाट विमल घर्ति मगर लागाएतका फुटवलरहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेल खेलिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.