Jilla Ban Notis

नवलपरासीको ३ वटा स्थानिय तहमा गरिबीनिवरण गर्नको लागि कार्यक्रम संचालन

0 32

गौरीशंकर जयसवाल

परासी २० पुस

पश्चिम नवलपरासीमा नगरस्तरीय अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । घरेलु ताथा साना उद्योग कार्यालयको आर्थिक सहयो तथा जनअधिकार सरोकार महासंघ नेपालको आयाृेजनामा रामग्राम नगरपालिकाको वडानं ९मा आज नगरस्तरीय अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको हो । वडानं ९का वडाध्यक्ष सुनिल कुमार पाठकको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुखको नरेनद्रकुमार गुप्ताको प्रमुखआथित्यतामा भएको कार्यक्रम बोल्दै नगरप्रमुख गुप्ताले महिला र युवाहरुमार्फत उद्यामशीलता बनाएर आर्थिक रुपमा रुपान्तर गरेर गरीबी निवारण गर्न सकिने बताए । उनले उत्पादन गरेको बस्तुहरुको बजारिकरण गर्न सकेमात्र महिलाहरुको जिवनस्तर उकास्ने सकिनेमा जोड दिएका थिए । गुप्ताले आर्थिक रुपमा रुपान्तर गर्नसकेमात्र गरिबीनिवारणमा कमी ल्याउन यो कार्यक्रममा पक्कै पनि मदत पुग्ने बिश्वास व्यक्त गरेका थिए । कार्यक्रममा जनअधिकार सरोकार महासंघ नेपालका कार्यक्रम संयोजक रमरेशश कुमार घिमिरेले पश्चिम नवलपरासीको ३ वटा स्थानिय तहमा रहेका बेरोजागार पुरुष महिला जनजाति अन्य पिछाडिएका बर्गहरुलाई लक्ष्ति गरी गरीबिनिवारण गर्न उद्येश्यले कार्यक्रम संचालन गर्ने जानकारी दिए । उनको अनुसार रामग्राम नगरपालिका ,सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा बेरोजागार पुरुष महिला जनजाति अन्य पिछाडिएका बर्गहरु अति बिपन्न बर्गहरुलाई जसमा ३५ हजारभन्दा कम प्रतिव्यक्ति बाषर््िाक आम्दानी भएका घरपरिवारका सदस्यहरुलाई रुथानिय स्रोत साधन तथा बजार सम्भावना आवश्यकता अधारमा उद्यामहरु सृजना गरी अँदानीको स्रोत बृद्धि आर्थिक बृद्धि बेरोजागार घटाएर र गरिबीनिवारण गर्नेका लागि लघुउद्याम कार्यक्रममा संचालन गरिने बताए । लघु उद्याम समुह १४वटा गठन वटा गरी तिनीहरु बिभिन्न किसिम रोजगारीतालिम र सिप मुलक तालिम दिएर १४८ जना नयाँ उद्यमी सृजन ागर्ने बताए । उनीहरुलाई आवश्यकता अनुसार चाहीने मेसिनरी औजार प्रबिधिहरु ह्स्तान्तरण गर्ने र बेरोजागारलाई रोजगार सृजना गर्ने गरी ४२ लाख ७७ हजार कुल रकम खर्च गरिने घिमीरेले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय परासीका उद्योग अधिकृत नेत्रप्रसाद भुसाल,उद्योग बाणिज्य संघको महासचिव गिरीराज पाण्डेय लागयतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.